single head

नारायणी सामुदायिक वनले गरिब विपन्नलाई घर तथा खानेपानिका धारा हस्तान्तरण गर्रयाे

single post top 1

गैडाकोट । नवलपरासि पूर्व गैडाकोटमा रहेको नारायणी सामुदायिक वन उपभोक्ता समुहले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू गरेको छ।
बिहिवार वाताबरण् मैत्रि उद्यान कार्यलय गैंडाकोट वडा नम्बर ९ को सभाहलमा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बाद्यवादन तालिमको समापन भएको हो भने वनको पिकनिक स्थल वरिपरि फलफुलका बिरुवा पनि लगाइएको छ। साथै वनले विभिन्न संघसंस्थालाई आर्थिक सहयोग पनि गरेको छ । तेस्तै वनले गरिब विपन्न सदस्यलाई घर तथा शौचालय निर्मार्ण र खानेपानिका धारा जडान गरी हस्तान्तरण समेत गरेको हो ।

single p1

कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बाद्यवादन तालिम सिकेपछि व्यवसायिक रुपमा अगाडि बढ्न सहभागीलाई आग्रह गर्नुभयो। प्रमुख अधिकारीले अब स्वागत सम्मानको लागि हामीले आफ्नै गाउँको उत्पादनलाई प्राथामिकतामा राख्नु पर्ने बताउनुभयो । अधिकारीले अदुवा, बेसार, मह, लगायत स्थानिय उत्पादनलाई प्रवर्धन गर्नको लागि कार्यक्रमका पाहुनाहरूलाई प्याकेट बनाएर मायाको चिनो दिन सके स्थानीय उत्पादनको प्रोत्साहन हुने बताउनुभयो ।

single p2

सामुदायिक वन महासंघ केन्द्रीय सदस्य कमल पराजुलीले लोकतन्त्र पश्चात लोकतान्त्रीक परिपाटि बाट चलेको संस्था भनेको सामुदायिक वन नै भएको बताउनुभयो । केन्द्रीय सदस्य पराजुलीले वर्षभरि जनताले दु:ख गर्ने, वर्षभरि आम्दामी गर्ने सम्पूर्ण पैसा जति करको रूपमा बुझाउन नसकिने हुदा सरकारलाई एक ठाउँमा मात्र कर तिर्न तयार रहेको बताउनुभयो।

सामुदायिक वन महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले वनको पिकनिक स्थलमा यातायातको सुविधा छ, गर्र्मीमा शीतलता मिल्ने ,जाडोमा पारिलो ठाउँ, यो सुन्दर ठाउँ नवलपुरको गहनाको रुपमा भएको बताउनुभयो । तालिम बाट सिप सिकेर घरैमा नबसी आयआर्जनको बाटो रोज्न आग्रह गर्नुभयो ।

नारायणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्रराज सापकोटाले समुहको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रमहरू भन्दा धेरै कार्यक्रमहरू सम्पन्न गरेको बताउनुभयो। अध्यक्ष सापकोटाले गरिब विपन्नको घर निर्माण गर्दा वनले पहिला फलामको प्रयोग गर्ने गरेकोमा अहिले आफ्नै काठहरू प्रयोग गरेर निर्माण गरेको बताउनुभयो । सापकोटाले समुहले हाइवेसँग जोडिएको भिरालो ठाउँमा बहुमुल्य २० भन्दा बढी प्रजातिका फलफुलका बिरुवा रोपेको बताउनुभयो। सापकोटाले भन्नुभयो “ गरिब विपन्नको लागि अहिले तीन जनाको घर, चार जनाको शौचालय र चार जनाको लागि खानेपानीको धारा जडान गरेका छौ ”। अध्यक्ष सापकोटाले अब हामीले वनको वाताबरण् मैत्रि उद्यान स्थललाई पर्यटकीय हबको क्षेत्रमा विकास गर्ने तर्फ सोचिरहेकोे र काठै काठको सभाहल तथा सेमिनार हल बनाउने लक्ष्य रहेको बताउनुभयो ।

नारायणी सामुदायिक वन उपभोक्ता समूहको सचिव सिता गिरीले वनले महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत समूहका २५ जना दिदीबहिनीलाई बाद्यवादन तालिम दिएको बताउनु भयो । सचिव गिरीले सहभागी सबैले तालिमबाट सिकेका सीपले जीविकोपार्जन गर्नपनि आग्रह गर्नुभयो।

समुहको वाताबरण् मैत्रि उद्यान स्थलमा अब रोटे पिङ खेल्न र घोडा चढ्न पनि पाइने व्यवस्था रहेको समुहका कार्यलय सचिव हरि सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा गैंडाकोट वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटा, स्थानीय वन महासंघ गैडाकोट अध्यक्ष निर्मला कँडेल, नारायणी सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष दिनानाथ त्रिपाठी, नन्दन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हरिमाया अधिकारी, थुम्सी बजार व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद पौडेल, सुर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष दिपा देबि सापकोटा, नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरी चापागाइले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय गैडाकोटका फरेस्टर दिनेश केसी,गैंडाकोट वडा नम्बर ९ का निवतर्मान वडाध्यक्ष प्रेम प्रसाद सापकोटा,जय श्री सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष भिम बहादुर कुमाल ,मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तुलिस सुबेदी,सहयात्री बचत तथा ऋण सहकारी संस्था अध्यक्ष भिम सापकाेटा, नारायणी सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्था ,समाजसेवी व्यक्तित्व ,धार्मिक व्यक्तित्व र उपभोक्ता सदस्यहरूको उपस्थिति रहेको थियो।

समूहका उपाध्यक्ष धनपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समुहको सचिव सीता गिरीले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3