single head

कालिका नुमना मावि मा ‘स्मार्ट एटेन्डेन्स प्रणाली’ शुरु / यसको प्रभाव राम्रो देखिएको प्रधानाध्यापकको भनाइ

single post top 1

गैडाकोट । गैडाकोट नगरपालिका–८ मा अवस्थित कालिका नुमना माध्यमिक विद्यालयले प्रविधिमैत्री शिक्षण प्रणालीतर्फ महत्वपूर्ण कदम चालेको छ। यस शैक्षिक सत्रदेखि विद्यालयले ‘स्मार्ट एटेन्डेन्स प्रणाली’ लागू गरेको छ, जसले विद्यार्थीको नियमितता र विद्यालय अनुशासनमा सुधार आउने जनाएको छ ।

single p1

स्मार्ट प्रणाली अन्तर्गत विद्यार्थीहरूलाई RFID (Radio Frequency Identification) प्रविधियुक्त परिचयपत्र प्रदान गरिएको छ। विद्यालयको गेटमा जडान गरिएको स्क्यानर डिभाइसले विद्यार्थी प्रवेश गर्दा  वा बाहिरिँदा परिचयपत्र स्वचालित रूपमा स्क्यान गर्छ। त्यससँगै विद्यार्थीको उपस्थितिसम्बन्धी सन्देश तुरुन्तै अभिभावकको मोबाइलमा जाने गर्दछ ।

single p2

विद्यालयका अनुसार, यो प्रणाली लागू भएपछि यसको प्रभाव  देखिएको छ। अनुपस्थित दरमा उल्लेखनीय गिरावट आएको छ भने विद्यार्थीहरू समयमै विद्यालय आउने  र निर्धारित समयसम्म कक्षामा बस्न अभ्यस्त हुँदै गएका छन्।

विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्मार्ट एटेन्डेन्स प्रणाली लागू गरेपछि विद्यालय र अभिभावकबीचको समन्वय अझ मजबुत भएको छ। विद्यार्थी नियमित हुन थालेका छन्, र विद्यालय अनुशासन सुदृढ भएको छ। बिहान १० बजे अगावै स्कुल आउनु र साँझ ३:३० पछि मात्र निस्कन पाउने व्यवस्था प्रभावकारी देखिएको बताउनु भयाे ।

प्रधानाध्यापक  शर्माले प्रविधिको सकारात्मक प्रयोगले शैक्षिक वातावरणमा गुणात्मक सुधार ल्याउन सकिने प्रस्ट भएको छ। विद्यालयले अब अन्य शैक्षिक गतिविधिमा पनि यस्ता प्रविधि विस्तार गर्ने योजना बनाएको बताउनु भयाे ।

वि.सं. २०३३ सालमा स्थापना भएको यस विद्यालयमा हाल पूर्व–प्राथमिकदेखि कक्षा १२ सम्म १३२५ जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारीको संख्या ६२ रहेको छ। गैडाकोट ८ स्थित कालिका नुमना माविको यो प्रयासले अन्य विद्यालयहरूलाई पनि प्रविधि अपनाउँदै गुणस्तरीय शिक्षातर्फ उन्मुख हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3