spot_img

Tuesday, July 15, 2025

नन्दन सामुदायिक वनका समिति र उप समितिलाई क्षमता विकास तालिम

गैंडाकोट । गैंडाकोट नगरपालिको वडा नं. ६, ८ र ९ मा रहेको नन्दन सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा नन्दन सामुदायिक वनको उपभोक्ता समुह कार्यालयको सभाहलमा दुई दिने तालिम सम्पन्न गरेको छ ।

नन्दन सामुदायिक वनको अध्यक्ष हरिमाया अधिकारीले तालिममा समिति र उपसमितिको ऐन नियम सँग सम्बन्धित रहेर प्रशानिक चुस्तता ल्याउन क्षमता विकास तालिमले सहयोग पुर्याउने बताउनुभयो । उहाँले यस तालिमबाट वन समिति र उपसमितिहरुको काम, कर्तव्य र अधिकार को बारेमा राम्रो ज्ञान हुने तथा जिम्मेवारी निभाउन सहज हुने बताउनुभयो ।

तालिम प्रमुख प्रशिक्षकका रुपमा सब डिभिजन कार्यालय गैंडाकोटका फरेस्टर दिनेश केसीले समुहले विभिन्न तालिम दिदै आइरहेकोमा यस्ता तालिमले अझ कार्यसमितिहरुको काम र कर्तव्य प्रति जिम्मेवार बनाउने बताउनुभयो।

त्यस्तै गरी प्रशिक्षकका रुपमा ग्रिन फाउण्डेसन नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डले सबै सामुदायिक वनमा यस्ता तालिम आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेपाल वन पैदवार उद्योग व्यवासय संघ नवलपुरका व्यवस्थापक खेमनारायण महतोले व्यवस्थापन व्यवस्थित बनाउन र सबैले आफ्नो जिम्मेवारी बुझ्न र काम गर्न तालिमले सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा समुहका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण समुहका सचिव कमला शर्माले गर्नुभएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार