single head

गैंडाकोट वडा नम्बर ८ मा मकै रोप्ने तथा मल राख्ने मेसिन वितरण

single post top 1

गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोट वडा नम्बर ८ मा रहेका किसानहरूलाई लक्षित गरी मकै रोप्ने तथा मल राख्ने मेसिन वितरण गरीएको छ।
गैडाकोट वडा स्तरिय नमुना कृषक समुहको आयोजनामा गैंडाकोट वडा नम्बर ८ वडा कार्यालय परिसरमा सोमबार भएको कार्यक्रममा वडामा रहेका ११ वटै टोल बिकास संस्थाका किसानलाई कृषि सामग्री बितरण गरीएको हो।
वडाको बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत २०८१/०८२ कोे बजेटबाट वडामा रहेका ११ वटै टोल बिकास संस्थाका किसानलाई हुने गरि ११ वटा मेसिन टोल बिकास सस्था मार्फत करिब १ लाख २१ हजार रकम बराबरको कृषि सामाग्री वितरण गरेको हो।

single p1


बितरण कृषि सामाग्रीमा वडा कार्यलयले ९० प्रतिशत रकम दिएको हो भने १० प्रतिशत रकम टोल बिकास सस्थाले बेहोर्ने गैंडाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।
वडाध्यक्ष सापकोटाले वडा मकै पकेट क्षेत्र भएकोले उत्पादनमा लागत कम होस भन्ने उद्येश्यका साथ कृषकलाई कृषि सामाग्री वितरण गरेको बताउनु भयो । यस भन्दा अधि पशुपालन किसानहरूलाई लक्षित गरी पशु औषधि तथा भिटामिन सामग्री वितरण गरिएको थियो भने अब वडामा रहेका मकै पोलेर आफ्नो गुजारा गर्ने साना ब्यवसायीलाई मकै पोल्ने मेसिन दिने सोच रहेको छ तेस्को लागि अहिले परिक्षण स्वरुप एउटा मेसिन ल्याउने, र  प्रभावकारि देखियो भने थप  मेसिन ल्याएर बितरण गर्ने योजना रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।

single p2

गैंडाकोट वार्ड नम्बर ८ टोल बिकास सञ्जाल अध्यक्ष शशिधर न्यौपानेले पहिला डोरि तानेर मकै रोप्ने गरिन्थियो भने अहिले आएर यान्त्रिकरण बाट रोप्दा समय र पैसाको बचत हुने बताउनुभयो ।

गैडाकोट वडा स्तरिय नमुना कृषक समुहका अध्यक्ष तारानाथ सापकोटाले मकै पकेट क्षेत्र भएको हाम्रो वडामा मकै लगाउने किसानहरु धेरै हुनुहुन्छ तर काम गर्ने मजदुरको अभाव छ तेसैले लागतलाई कसरि कम गर्न सकिन्छ भनेर परिक्षणको लागी मेसिनको माग गरेर वडाले उपलब्ध गराएको बताउनु भयो ।

कार्यक्रममा गैंडाकोट कृषि शाखा प्रमुख राजु शर्मा ,शुर्धसन ढुंगाना , गैंडाकोट वडा नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा, टोल विकास संस्थाको प्रतिनिधि ,कृषक ,समाजसेवी व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण गैडाकोट वडा स्तरिय नमुना कृषक समूहका सचिव वासुदेव आचार्यले गर्नुभएको थियो। वडाबाट वितरण गरेका सामग्रीहरू र वडाले गर्दै आइरहेको कामको बारेमा सन्तुष्ट रहेको कार्यक्रममा उपस्थीत भएका वडाबासिहरु बताउछन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3