spot_img

Tuesday, July 15, 2025

कालिगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा

असार ९,गुल्मी। पहिरोले अवरुद्ध भएको कालिगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर- १ गरगरे स्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताउनुभयो । बाटो खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै बाटो खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टान सहितको सुख्खा पहिरोले समस्या हुँदै आएको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न कठिन हुने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय गुल्मीबाट बागलुङ, स्याङ्जा, पोखरा लगायत काठमाडौं जान छिटो र सुरक्षित मानिएको करिडोर पहिरोले समस्या हुने गरेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार