single head

गैँडाकोट ६ को १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सम्पन्न

single post top 1

गैँडाकोट । नपलपरासि पुर्व गैँडाकोट नगरपालिका वडा नम्बर ६ ले दिएकोे १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सकिएकोे छ ।
नमुना शिवनगर खानेपानिको सभाहलमा आईतवार भएको कार्यक्रममा वडामा रहेका करिब ३० जना सहभागिले हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम लिएका थिए।

single p1

गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभत्त अधिकारीले आफुले सिकेको सिपले आफ्नो घरमा रहेका इलेक्ट्रोनिक्स उपकरण तथा धारा मर्मतको काम आफै गर्न सक्नु भयो भने ठुलो उपलब्धि हुने बताउनु भयो ।
गैडाकोट वडा नम्बर ६ का वडाध्यक्ष सुबास चाँपागाइले यस्तो किसीमको तालिमले घरमा प्रयोग हुने इलेक्ट्रोनिक्स समान तथा धारा मर्मत गर्न उपयोगी हुने हुँदा आफुले सिकेको सिपलाई राम्रो सँग ब्यवहारमा उतारेर घरमा आउने समस्या आफैले समाधान गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

single p2


पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटका सञ्चालक दिपक दराईले तालिम लिएर आफ्नो घरमा हुने घरायसि उपकरण फिटिङ्ग तथा मर्मत गर्नुका साथै आफ्नो समस्या आफै समाधान गर्न सक्ने बनाएका छौ भन्ने आशा लिएको बताउनु भयो ।
तालिमको प्रशिक्षकमा दिपक दराई, गोबिन्द खनाल, बलराम सुबेदी रहनुभएको थियो ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पबित्रा अधिकारी, कल्पना परियार , पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटका उपाध्यक्ष आशिका दराईको उपस्थिती रहेको थियो ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य रण बहादुर दराईले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य चन्द्र बहादुर बिश्वकर्माले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3