single head

त्रिनेत्र प्रतिष्ठानले वार्षिकउत्सवको अवसरमा दीप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम गर्यो

single post top 1

गैंडाकोट(नबिन S सुबेदि)। नवलपरासी पूर्व गैंडाकोटमा रहेको त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा दीप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

single p1

त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठान नेपाल गैडाकोट ८ को सभाहलमा मंगलवार प्रतिष्ठानको ३४ औँ वार्षिक उत्सवको अवसर पारेर दीप प्रज्वलन तथा सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस सस्थाका सदस्यहरुले सस्था जागरुक हुन थालेकोमा खुशि ब्यत्त गरे। तेस्तै अहिले धेरै संस्था धरासहि अबस्थामा रहेको बेला यो सस्थालाइ चलायन बनाउन अब नयाँ प्रोजेक्ट पार्न पहल गर्ने ,सस्थाका कोठा तथा फल्लाटलाई भाडामा लगाएर आम्दानिको स्रोत बढाउने लगायतका सुझावहरु सदस्यहरुले राखेका थिए ।

single p2

उपस्थित सस्थाका सदस्यहरु बाट ३४औं बार्षिक उत्सवको अवसरमा भवनको वरिपरी ३४ वटा मैनबत्ति बालेर दीप प्रज्वलन गरिएको त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठान नेपालका अध्यक्ष परमेश आर्चायले बताउनु भयो । अध्यक्ष आर्चायले भन्नुभयो,“हामि आईसके पछि सस्थालाई चलायमान गराउने कोशिस गरिरहेका छौ।बाहिर देखिने तेति धेरै कार्यक्रम नभए पनि संस्थाको भौतिक संरचनालाई ब्यवस्थापन गर्ने, भवनको रंगरोहन सहित मर्मत सम्भार पनि गरिएको छ”। अगामि दिनमा सस्थालाइ चलायन बनाउन बिभिन्न नयाँ प्रोजेक्टको लागि प्रपोजल पठाइएको छ ,संस्थाको कम्पाउण्ड भित्र ब्याडमिन्टन खेल्नका लागि ब्याडमिन्टन कोट बनाउने योजना रहेको आर्चायले बताउनु भयो  ।


सस्थापक अध्यक्ष चुडामणि शर्मा कंडेलले सस्थाको स्थापना गर्दा कति दुःख र कठिनाई भोगेर सस्थालाई अगाडि बढाएका थियौ र हामि संग प्रोजेक्टका कार्यक्रम पनि राम्रो रहेका थिए भन्दै सम्झनु भयो । अहिले देशमा भएको अस्थिर राजनिती ,आर्थीक मन्दि र युवाहरुको बैदेशिक रोजगारका कारण हाम्रो सस्थामा पनि तेस्को असर पर्नु स्वाभाभिक नै हो तर सधै यस्तै नरहन सक्छ तेसैले अब हामिले सस्थालाई अगाडि बढाउन केहि न केहि नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको कंडेलले बताउनु भयो  ।

कार्यक्रममा त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठान नेपालका पुर्व अध्यक्षहरु बिष्णु प्रसाद सापकोटा, खगराज आचार्य ,कुलनाथ कंडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्रिनेत्र सामुदायिक विकास प्रतिष्ठान नेपालको उपाध्यक्ष इन्दिरा खलालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजिकरण प्रतिष्ठानका महासचिव मुरारि भुषालले गर्नु भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3