spot_img

Tuesday, May 26, 2026

गैंडाकोटमा पर्यटन प्रवद्र्धन, व्यवसायीहरूको हकहित एवं खाद्य गुणस्तर सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा पर्यटन प्रवद्र्धन ,व्यवसायीहरूको हकहित एवं खाद्य गुणस्तर सम्बन्धी एक दिने अभिमुखीकरण तालिम बिहिवार सम्पन्न भएको छ।
गैंडाकोट नगरपालिकाको आर्थिक सहयोगमा मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघको आयोजनामा अभिमुखीकरण कार्यक्रम भएको हो। अभिमुखीकरण तालिममा १०० जना भन्दा बढि होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।


प्रमुख अतिथि गैंडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोइरालाले अहिलेको अवस्थामा होटल व्यवसायीहरू निकै मर्कामा परेको अवस्था भएपनि ग्राहकहरूको मन जित्नको लागि सफा र स्वच्छ खाना खुवाउन सकियो भने आज खाना खाएर गएका ग्राहक फर्केर आउँदा पनि खाना खाने वातावरण व्यवसायीहरूले बनाउनुपर्ने सुझाव दिनुभयो । नगर उपप्रमुख कोइरालाले होटल व्यवसायीहरूले पनि जग्गा भाडामा लिएर कोदो खेती ,मकै खेति गरेर आफ्नो उत्पादनबाट अर्गानिक खाना खुवाइयो भने ग्राहकहरुले पनि खोजी खोजी आउने उहाँले बताउनुभयो। गैंडाकोट वार्ड नम्बर १८ मा केरा प्रशस्त पाइन्छ ,कोदो पाइन्छ त्यस्तै मकैको पनि हाम्रैै उत्पादन छ यस्तै स्थानिय उत्पादनहरू होटल व्यवसायीले प्राथामिकतामा राखेर प्रवर्धन गर्नुपर्ने कोइरालाले बताउनुभयो ।


कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपिन्द्र खनालले मौलाकालिका देखि कैलास सन्यास आश्रम मुकुन्दसेन दरबार हुँदै हाम्रा ग्रामीण इलाकामा जहाँ धार्मिक ,सामाजिक, सांस्कृतिक किसिमले विभिन्न जातजातिको उपस्थिति रहेको यस पालिकामा एउटा पर्यटक घुमाउने उद्देश्यले महत्वपूर्ण काम गर्ने अवसर छ यसमा होटल व्यवसायीहरूको महत्त्वपुर्ण भुमिका हुने उहाँले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत खनालले नगरपालिकाले निजी क्षेत्रसँग विशेष गरी होटल व्यवसायी ,उद्योग वाणिज्य संघ सँग समन्वय गरेर अगाडि बढ्नु पर्छ नेपालकोे संविधानकोको भाव पनि निजी क्षेत्रसँग सरकारी क्षेत्र मिलेर समग्र देशको आर्थिक विकास गर्न अगाडि बढ्ने रहेको बताउनु भयो । नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा निजी क्षेत्रसँग हातेमालो गदै अगाडि बढ्न तयार छ उहाँले भन्नुभयो।

गैंडाकोट नगरपालिका वार्ड नं २ का वडाध्यक्ष प्रकाश सापकोटाले हाइवेको निर्माण सम्पन्न भएपछि होटल व्यवसायीहरूको ब्यबसाय अझै चलायमान हुने बताउनुभयो । वडाध्यक्ष सापकोटाले अभिमुखीकरण तालिमबाट होटल व्यवसायीलाई सफा र गुणस्तर रुपमा खाना खुवाउन आग्रह गर्दै होटल व्यवसायीहरुलाई वडाध्यक्षहरुको तर्फबाट साथ र सपोर्ट हुने बताउनु भयो ।


मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटका अध्यक्ष शिवप्रसाद शर्माले व्यवसायीहरूको हकहितका सम्बन्धमा ,पर्यटन प्रवर्धनका सम्बन्धमा र खाद्य प्रविधिको बारेमा व्यवसायीहरू लाई तालिम प्रदान गरीएकोे बताउनुभयो।
तालिमबाट शिक्षा लिएर व्यवसायीहरू जान्छन् त्यो कार्यान्वयन गर्छन ,गुणस्तरमा रहेर आफ्नो पहिचान बनाएर आफ्नामा आउने पाहुना ,ग्राहकहरूलाई पुन आउने वातावरण बनाउँछन् र स्वास्थ्यलाई विशेष ध्यान दिएर सरसफाईमा ,खाद्यान्नमा र किचनमा के के कुरामा ध्यान दिनुपर्छ यी सबै कुरा तालिममा सिकेर पालना गर्नुपर्ने अध्यक्ष शर्माले बताउनुभयो ।
खाद्य प्रविधि सम्बन्धी अभिमुखीकरण तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुका प्रमुख खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले तालिमको सहजीकरण गर्नुभएको थियो भने त्यस्तै व्यवसायीहरूलाई मोटिभेसनको रुपमा मोटिभेसन स्पिकर सरु पुनले गर्नुभएको थियो।
कार्यक्रममा मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटका पूर्व अध्यक्ष हरि क्षेत्री ,निवर्तमान अध्यक्ष देवप्रसाद पौडेल, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका महासचिव तेजनारायण पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संघका वरिष्ठ उपाध्यक्ष नारायण गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोविन्द रेग्मीले गर्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :