वे ग्रुप नेपाल नवलपुरले गैडाकोटमा जनचेतनामूलक र्याली र सरसफाई गर्यो

taja samachar side 2

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्याली र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो फोहोर हाम्रो जिम्मेवारी सफा वातावरण स्वस्थ समाजको चिनारी ,हप्ताको एक दिन एकछिन समाजका लागि भन्ने मन्त्रका साथ वे ग्रुप नेपाल नवलपुरलले बिहीबार गैंडाकोट नगरपालिका वार्ड नं १ मिलनचोक बार्ट यालीको सुरुवात गरेकोे थियो ।

Article Inline 2

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नं १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले विश्व वातावरण दिवस पारेर वे ग्रुप नेपाल नवलपुरले सचेतनामूलक र्याली सँगै सरसफाई कार्यक्रमको आयोजना गरेर राम्रो काम गरेको बताउनुभयो ।

सचेतनामूलक र्यालीमा जथाभावी वनजङ्गल फडानी नगरौँ ,आफ्नो घर र आफ्नो घर वरिपरि आफैले सफा राखौं , घर घरबाट सुरु गरौ सफा राष्ट्र तयार पारौँ , प्लास्टिक जन्य फोहोरलाई बाटोमा होइन मोहरमा बदल्ने बानी बसालौँ ,एक रुख सयौ सुःख भन्ने प्लेकार्डमा नाराहरु रहेका थिए ।

वे ग्रुप नेपाल नवलपुरका कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीले विश्व वातावरण दिवस कसरी मनाउने भनेर स्थानीय संघसंस्था क्लबहरू लगायत धेरै संघ संस्थाहरुलाई आबद्ध गराएर र्याली सहित नारायणीको प्राकृतिक क्षेत्र नारायणीको तिरमा फोहोर गर्दा के हुन्छ भनेर उहाँहरुलाई जानकारी गराउन प्राकृतिक ठाउँलाई सरसफाई राख्नुपर्छ, संरक्षण गर्नपर्छ ,हामी हाम्रो घर मात्र सफा गरेर हुँदैन हाम्रो वरिपरि रहेको क्षेत्रहरू वातावरणलाई पनि सरसफाई राख्नपर्छ भनेर वातावरण दिवसको अवसरमा सबैलाई भेला गराई कार्यक्रमको आयोजना गरिएको बताउनुभयो

गैंडाकोट वडा नम्बर १ मिलनचोक देखि र्याली सुरु भएर शिलन्न्यास चोक भृकुटी चोक हुँदै इलाका प्रहरि कार्यलय गैडाकोट अगाडिबाट नारायणी नदी किनारमा गएर नारायणी नदी किनारको फोहोरहरू टिपेर कार्यक्रम समापन गरेको थियो ।

कार्यक्रममा वे ग्रुप नेपाल नवलपुरका सदस्यहरु समाजसेवी व्यक्तित्व, महिला समूह ,आमा समूह, सहकारी संस्था सहित स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :