single head

गैडाकोट वार्ड नम्बर १ का जेष्ठ नागरिकलाई विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना दिईयो

single post top 1

जेठ २०,गैंडाकोट। नवलपरासी पूर्व गैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा मंगलबार गैडाकोट १ मा रहेको शैलाजा आचार्य प्रतिष्ठानको सभाहलमा जेष्ठ नागरिक संघ गैडाकोट नगर समितिको आयोजनामा गैडाकोट वार्ड नम्बर १ भित्र रहेका जेष्ठ नागरिकको लागि लक्षित गरी एक दिने विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना मूलक अन्तरक्रिया कार्यक्रम भएको हो ।
स्वास्थ्य सचेतना कार्यक्रममा करिब १५० जना बढि जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

single p1

प्राकृतिक चिकित्सालय रजहरबाट डाक्टर आजित पुरि र फिजियोथेरापी (पुरुष उपचारक) प्रकाश भण्डारीले योग र प्राकृतिक उपचारको पद्धतिबाट कसरी स्वस्थ हुन सकिन्छ ? खानपिन परिवर्तन कसरी गर्ने ? कस्तो किसिमको खाना खान उपयुक्त हुन्छ ? दैनिक जीवनमा के के गरियो भने हामि स्वस्थ हुन सकिन्छ भन्ने विषयमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सचेतना सम्बन्धी जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले जेष्ठ नागरिकका लागि वडा बाट गर्नु पर्ने सबैे सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बाबा आमाको सेवा गरियो भने सप्ताह पुराण लगाउन नि पदैन ,चार धाम जान पदैन तेसैले जेष्ठ नागरिकलाई सधै माया र सम्मान गर्नु पर्छ वडाध्यक्ष रेग्मीले भन्नुभयो । हाम्रो वडामा जति पनि जेष्ठ नागरिक बुवाआमा हुनुहुन्छ, सबैभन्दा पहिला तपाईँहरूको जीवन खुसीमय हुनुपर्छ र खुसीका साथ बाँच्नुपर्छ रेग्मीले भन्नु भयो।

single p2

कार्यक्रममा जेष्ठ नागरिक संघ महासंघ प्रतिनिधि तथा गैडाकोट नगर समिति अध्यक्ष मुक्तिनाथ न्यौपानेले नगर संघले आजसम्म १२ वटा वडामा यस्तै कार्यक्रम गर्दै आएको र अबका दिनमा बाकि वडामा पुग्ने लक्ष्य रहेको बताउनुभयो । भगवान भनेको हाम्रो साक्षात मातापिता हुन् ,जेष्ठ नागरिक हुन् साक्षात वेदका ज्ञाता हुन् । गुरु एउटा विश्वविद्यालय हो भने जेष्ठ नागरिकहरु शब्दकोष हुन् उहाँहरूसँग धेरै ज्ञान छ । युवाहरुले धेरै ज्ञान प्राप्त गर्न सिक्नुपर्र्छ किनकि उहाँहरु धेरै कुरा पढेर ,भोगेर आउनुभएको छ अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक संघ गैडाकोट वडा नम्बर १ का कार्यसमिति सदस्य अम्बिका प्रसाद घिमिरे ,पण्डित गुरु रामचन्द्र लम्साल, पण्डित गुरु फणिनारायण सिग्देलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा ९० वर्ष उमेर काटेका जेष्ठ नागरिकहरू मध्येबाट ९३ वर्षका यज्ञ प्रसाद भट्टराई,९२ वर्षकी इन्द्रकुमारी बही, ९० वर्षका काशिराम आचार्य र ९० वर्षकी बृद्धाकला कडेललाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा गैंडाकोट नगरपालिका बालबालिका शाखा अधिकृत राधा पौडेल , मधुमाया रानाभाट ,वडा जनप्रतिनिधि लक्ष्मि प्रसाद चालिसे, समाजसेवी व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।
शालिकराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक संघ  गैडाकोट नगर समिति अध्यक्ष मुक्तिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक संघ गैडाकोट वार्ड नं १ का सचिव सोमनाथ शर्मा बस्ताकोटीले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3