single head

गैंडाकोट वार्ड नम्बर ६ द्धारा पशुपालन किसानहरूलाई गोठमा प्रयोग हुने सामग्री वितरण

single post top 1

जेठ १९,गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोट वार्ड नम्बर ६ ले वडामा रहेका पशुपालन किसानहरूलाई लक्षित गरी गोठमा प्रयोग हुने सामग्री वितरण गरेको छ । वडा कार्यालय परिसरमा सोमबार भएको कार्यक्रममा वडामा रहेका २३९ जना पशुपालन कृषकलाई गोठमा प्रयोग हुने सामग्री वितरण गरेको हो ।

single p1


वडाले ८१/८२ को कृषि क्षेत्रमा गरिएको बजेट विनियोजनबाट वडामा रहेका सगरमाथा टोलका २३ जना, शिवनगर टोलका २० जना ,ज्ञानज्योति टोलका २८ जना, भाग्योदय टोलका ४१ जना ,स्वावलम्बन टोलका ५९ जना र सृजनशील टोलका ६८ जना पशुपालन किसानलाई सामग्री वितरण गरेको हो ।

single p2

गैंडाकोट वार्ड नं ६का वडा अध्यक्ष सुवास चापाँगाइले वडामा गाईको संख्या २३६, भैंसीको संख्या ४३७ र बाख्राको संख्या ३१९ रहेको र व्यावसायिक रूपमा ८ देखि ३५ पशुपालन गर्ने कृषि फर्म १३ वटा रहेको बताउनुभयो। वडाले पशुपालन गरेका बाहेक जसले अहिले पाउनुभएको छैन उहाँलाई अर्को वर्षमा कार्यक्रम सञ्चालन गरेर वितरण गर्ने अध्यक्ष चापागाईले बताउनुभयो ।


अध्यक्ष चापागाईले भन्नुभयो वडाले यो वर्षमा वडाभित्र रहेका पशुलाई थला परेको बेला उठाउन काउ लिफ्ट खरिद गरेका छौं ,त्यस्तै एआइ कार्ड वितरण गरिरहेका छौं ,जस्तै एउटा गोठका लागि तीनवटा कार्ड उपलब्ध गराएका छौं, जसलाई व्यक्तिगत खरिद गर्दा ७०० देखि १००० पर्ने गर्दछ, त्यस्तै एक दुई जना कृषकलाई पाइप पनि वितरण गरेका छौं र केही बजेट बच्यो भने अरु कार्यक्रम पनि सञ्चालन गर्ने छौ ।

वडाले आगामी दिनमा कृर्षिमा पाइप र व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको लागि बजेट र कृषकको के माग आउँछ त्यही अनुसार कार्यक्रम गर्ने चापागाईले बताउनुभयो । अध्यक्ष चापागाईले वडाले हरेक टोलमा ,हरेक घरको हरेक गोठमा गएर ,उहाँहरूको गाईवस्तुको संख्या सहित कसको घरमा गाईको संख्या ,कसको घरमा भैंसीको संख्या, बाख्राको संख्या छ भनेर टोललाई जिम्मा दिएर डाटा लिएर सामग्री वितरण गरिएको बताउनुभयो।

वडाबाट वितरण गरेका सामग्रीहरू र वडाले गर्दै आइरहेको कामको बारेमा सन्तुष्ट रहेको कार्यक्रममा उपस्थीत वडाबासिहरु बताउछन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3