single head

बृहत खुल्ला रक्तदानमा ७५ जनाले रक्तदान गरे / १ सय ७८ जनाद्धारा स्वास्थ्य परिक्षण

single post top 1

 जेठ १७ ,भरतपुर । स्वर्गिय देवीप्रसाद आचार्यको वार्षिक पूण्य तिथिको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

single p1

देवीप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भरतपुर ५, आनन्दपुर चौतारोमा सम्पन्न बृहत खुल्ला रक्तदान तथा नि ःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७५ जनाले रक्तदान र १ सय ७८ जनाले स्वास्थ्य परिक्षण गराएको रोशन आचार्यले जानकारी दिनुभयो । सो कार्यक्रममा भरतपुर ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । उहाँले आचार्यको व्यक्तिको र समाजमा दिएको योग्दानको कार्यक्रममा प्रशंसा समेत गर्नु भयो ।

single p2

नेकपा एमाले चितवन जिल्ला सल्लाहकार परिषद सदस्य, आनन्दपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष, श्रीराम मन्दिर समितिका सल्लाहकार एवम् संरक्षक, नेपाल रेडक्रस सोसाईटी नारायणपुर उपशाखा सल्लाहाकार, नेपाल उर्जा विकास कम्पनी प्रालीका संस्थापक सञ्चालक लगायत दर्जन बढी सामाजिक संघसंस्थामा सक्रिय भएर काम गर्नु भएको आचार्यको ८६ वर्षको उमेरमा २०८१ जेठ २७ गते निधन भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3