अमर बचतअमरापुरीले दूध उत्पादनमा आधारित कृषि अनुदान किसानलाई वितरण गर्यो

kala sahitya top

 जेठ १७ ,गैंडाकोट । अमर बचत तथा ऋण सहकारी संस्था लि, गैंडाकोट-१६ अमरापुरीले दूध उत्पादनमा आधारित कृषि अनुदान वितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले कृषि अनुदान शिर्षक अन्तर्गत् वडा नं. १५ बाट प्रति लिटर १.८ को दरले  ५६ हजार ६ सय ३५.०२, वडा नं. १६ बाट प्रति लिटर ३ रुपैँयाको दरले १ लाख ८३ हजार ९ सय १७, र वडा नं. १७ बाट प्रति लिटर २ रुपैँयाको दरले ३७ हजार ४९ रुपैँया वितरण गरिएको बताउनुभयो । सापकोटाले सो रकम सम्बन्धित शेयर सदस्यहरूको बचत खातामा जम्मा गरिएको बताउनु भयो  ।

Article Inline 2

त्यसैगरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कावासोतीबाट उपलब्ध भएको प्रति लिटर २.१९ रुपैँयाको दरले रु १ लाख ९० हजार ९ सय ३ समेत वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल  रहनु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नं. १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सीना र  वडा नं. १७ का वडा अध्यक्ष गोपि कंडेलले आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. १५ का वडा सदस्यहरू ओमराज गुरुङ, राजेस गिरि, वडा नं १६ का वडा सदस्यहरू रत्न बहादुर बोहोरा, दिनेश देवकोटा, देवि अधिकारी लगायत सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्यहरू उमाकान्त दाहाल, सविता सापकोटा, संचालक तथा शेयर सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

संस्थाका सह-सचिव उमानन्द कंडेलले  स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव आनन्द कुमार शर्मा पंगालिले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :