single head

आधारभुत फुटबल प्रशिक्षणको लागि गैडाकोट नगरपालिका वडा नम्बर ८ द्धारा खेलकुद सामग्री प्रदान

single post top 1

जेठ १० गैडाकोट  । नवलपरासी पूव गैडाकोट नगरपालिका वडा नम्बर ८ ले आधारभुत फुटबल प्रशिक्षणको लागि खेलकुद सामग्री प्रदान गरेको छ।

single p1

single p2

शनिवार वार्ड कार्यलयको सभाहलमा एक कार्यक्रम गर्दै आधारभूत फुटबल प्रशिक्षणको लागि तालिमका मुख्य प्रशिक्षक सुवास तामाङलाई खेलकुद सामग्री प्रदान गरिएको हो।
प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्रीहरूमा फुटबल ३० पिस, कोन ३० पिस, कोन प्लेट ५० पिस र बिप्स ३२ पिस रहेका छन् । गैंडाकोट वार्ड नम्बर ८ भित्र रहेका ११ वटा टोल विकास संस्थाबाट ५ वर्षदेखि १५ वर्ष सम्मका १०० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिईने छ ।

 

कार्यक्रमका प्रमुख अतिथि नगद खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले वडा नम्बर ८ ले गरेका कार्यक्रमहरू देखेर अरु वडाले पनि सिकिरहेको र अहिले साना साना बालबालिकालाई फुटवल प्रशिक्षण दिन लाग्नुभएकोमा वडालाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभाध्यक्ष एवं जनप्रतिनिधि कमला आचार्यले आजका बालबालिका भोलिका कर्णधार हुन त्यसैले बालबालिकालाई केही गर्नुपर्छ र बालबालिकाहरूकै हातमा भविष्य पनि रहेको बताउनुभयो ।  आचार्यले वडाको तर्फबाट आधारभूत फुटबल प्रशिक्षणको लागि थोरै लगानी भएपनि सुरुवात गरेका छौं, बालबालिकाले हामीहरूको मन जिते भने, राम्रो काम गर्दै गए भने अरु यस्तै खालका कार्यक्रमहरु पनि अगाडि बढाउने बताउनुभयो ।


आधारभूत फुटबल प्रशिक्षण २ वटा ठाँउमा हुने छन् । राजमार्ग देखि उत्तर तिर रहेका प्रशिक्षाथीलाई गैडाकोट क्षेत्रिय रंगशालामा र राजमार्ग देखि दक्षिण तिर रहेका प्रशिक्षाथीलाई कालिका माबिको खेलमैदानमा प्रशिक्षण दिईने छ ।
आधारभूत फुटबल प्रशिक्षणमा मुख्य प्रशिक्षकको रुपमा सुवास तामाङ, सहायक प्रशिक्षकहरुमा शिशिर श्रेष्ठ, अनमोल बिक र अंकित सुनार रहनु भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि खगेश्वर सापकोटा ,तर्कबहादुर थापा , गण्डकी प्रदेश फुटबल संघको कोषाध्यक्ष डिलकुमारी घिमिरे( दुर्गा ) जिल्ला फुटबल संघ नवलपुर सदस्य गौरवभक्त अधिकारी ,जिल्ला बक्सि· संघ नवलपुरका सल्लाहकार राम शाही ,गैडाकोट वडा नम्बर ८ टोल सञ्जाल अध्यक्ष शशिधर न्यौपाने , बिभिन्न टोल विकास संस्थाका प्रतिनिधी लगायत खेलप्रेमी व्यक्तित्व, समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
गैंडाकोट नगरपालिका वाड नम्बर ८ बाल सन्जाल अध्यक्ष गरिमा अधिकारीले स्वागत मन्तब्य गर्नुभएको कार्यक्रमको सहजीकरण भानुभक्त टोल विकास संस्थाको अध्यक्ष  पधमा सुवेदीले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3