single head

भ्रष्टाचार नियन्त्रण तथा शुसासन प्रर्वधन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गैँडाकोटमा सम्पन्न

single post top 1

जेठ ०७ गैँडाकोट। भ्रष्टाचार नियन्त्रण तथा शुसासन प्रर्वधन सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम गैँडाकोटमा सम्पन्न भएको छ ।

single p1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा बुधबार गैंडाकोट नगरपालिकाको सभाहलमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम भएको हो ।

single p2

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले स्थानीय सरकारमा शुसासन कायम गर्न अख्तियारले आयोजना गरेको  कार्यक्रम सराहनीय रहेको बताउनुभयो ।उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै निकायहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । नगरपालिकाले सधैं कानूनी दायराभित्र रहेर मात्र काम गर्ने बताउँदै, मेयर अधिकारीले भन्नुभयो “हामी कहिल्यै पनि कानूनभन्दा बाहिर गएर काम गर्दैनौं,” । साथै, आयोगमा दर्ता हुने बेनामे उजुरीहरूको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जनप्रतिनिधिहरू आफ्नो कार्यकाल कहिले सकिएला भनेर बस्नुपर्ने स्थिति आउनु दुःखद रहेको बताउनुभयो ।

उपप्रमुख शान्ति कोइरालाले अनुसन्धानको क्रममा कसैको आत्मसम्मानमा आँच नपुग्ने गरी काम गर्न अख्तियारलाई सुझाव दिनुभयो । उहाँले जनतामा अख्तियारप्रति विश्वास कायम राख्न यस्तो संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय बुटवलकी प्रमुख बिनिता भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सार्वजनिक पदमा बसेका व्यक्तिहरू जवाफदेही हुनुपर्ने र आयोगले कानूनी दायराभित्र रहेर मात्र कार्य गर्दै आएको स्पष्ट पार्नुभयो । जनताले दिएको सुझावप्रति आयोग गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले शुसासन कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनताका अपेक्षाहरू उच्च हुने भएकाले गुनासा र उजुरीहरू बढी हुनु स्वभाविक रहेको धारणा राख्नुभयो ।प्रहरी नायव उपरीक्षक प्रताप पौडेलले अख्तियारको कार्यक्षेत्र, कानुनी व्यवस्था, दण्ड तथा सजायसम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख बिनिता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी रहनुभएको थियो । कार्यक्रमको सहजिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका लेखा अधिकृत रुपक पाण्डेले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3