spot_img

Wednesday, January 14, 2026

नगद ५१ हजार सहित रत्नराज्य लक्ष्मी माबिले जित्यो सातौ उपमेयर कपको उपाधि , उपविजेता बन्यो अमरज्योति माबि

जेठ ७ गैडाकोट । नवलपरासि पुर्व गैडाकोटमा सम्पन्न सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्नराज्य लक्ष्मी माबिले जितको छ ।


गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको फाईनल खेलमा अमरज्योति माबिलाई १ गोल गदै रत्नराज्य लक्ष्मी माबि बिजयी भएको छ । रत्नराज्य लक्ष्मी माबिको तर्फ बाट अप्सरा भुजेलले १ गोल गदै आफ्नो टिमलाई बिजयी गराएकी हुन् । खेलको प्लेयर अफ दि म्याच रत्नराज्य लक्ष्मी माबिकी अप्सरा भुजेल भएकी छन् । उपाधि बिजेता रत्नराज्य लक्ष्मी माबिले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उप बिजेता अमरज्योति माध्यमिक बिद्यालयले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले बताउनु भयो ।

त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने बिजय सामुदायिक शिक्षा सदन र बालज्योति आधारभुत बिद्यालयले नगद १७/१७ हजार रुपैँया प्राप्त गरेका छन् ।


त्यस्तै बेस्ट गोलकिपर रत्नराज्य लक्ष्मी माविकोअन्तरा भुजेल ,बेष्ट डिफेन्स प्रतीक्षा रेग्मी ,बेष्ट मिलफिल्डर रत्नराज्य लक्ष्मी माविको अनिता आलेमगर ,बेष्ट स्ट्राइकर रत्नराज्य माविको अप्सरा भुजेल र  अमर ज्योति माविको रेनु शर्माले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेकी हुन्  भने  बेस्ट प्लेयर अमर ज्योति माविकि अन्जली  भुसाल बनेकी हुन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :