single head

गैडाकोटमा जारि सातौ उपमेयर कप : क्याटरफाईनलमा बिजय सामुदायिक, बालज्योति आधारभुत , रत्नराज्य लक्ष्मी, र अमरज्योति माबि बिजयी

single post top 1

 जेठ ६, गैडाकोट । नवलपरासि पुर्व गैडाकोटम जारि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा सेमिफाईनल समिकरण पुरा भएको छ ।

single p1

गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको क्याटरफाईनल खेलमा बिजय सामुदायिक शिक्षा सदन, बालज्योति आधारभुत बिद्यालय, रत्नराज्य लक्ष्मी माबि, र अमरज्योति माबि बिजयी भएका छन् ।

single p2

यसै बिच आज भएको पहिलो खेलमा बिजय सामुदायिक शिक्षा सदन बिजयी भएको हो । बिजय सामुदायिक शिक्षा सदन र नेपाल राष्ट्रीय शम्शेर माबि बिच भएको खेलमा ० का बिरुद्ध ४ गोल गदै बिजय सामुदायिक शिक्षा सदन बिजयी भएको हो । खेलमा रोशिका खत्रीले २ गोल ,इशाना न्युरेले १ गोल र अग्रता चाँपागाईले १ गोल गरेका हुन । बिजयी हुदै सेमिफाईनल प्रबेश गर्ने पहिलो टिम बिजय सामुदायिक बनेको हो । खेलको प्लेयर अफ द म्याच रोशिका खत्री भएकी छन् ।

यस्तै दोस्रो खेलमा बालज्योति आधारभुत बिद्यालय बिजयी भएको हो । बालज्योति आधारभुत बिद्यालयले अमर ईङ्गिलस स्कुललाई ० का बिरुद्ध २ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच बनेकी मिना चितौरेले २ गोल गरेकी हुन । जित सँगै बालज्योति आधारभुत बिद्यालय सेमिफाईनल प्रबेश गरेको हो ।

क्याटर फाईनलको तेस्रो खेलमा रत्नराज्य लक्ष्मी माबि बिजयी भएको हो । रत्नराज्य लक्ष्मी माबिले कालिका नमुना माबिलाई ० का बिरुद्ध ४ गोल गरेर बिजयी भएको हो । रत्नराज्य लक्ष्मी माबिको तर्फ बाट अप्सना भुजेलले २ गोल ,सनम कँडेलले १ गोल र जस्मिन महत्तोले १ गोल गरेका हुन् । खेलको प्लेयर अफ द म्याच अप्सना भुजेल भएकी छन् ।

यस्तै चौथो खेलमा अमरज्योति माध्यमिक बिद्यालय विजयी  भएको छ । अमर ज्योति माध्यमिक विद्यालय र स्मल हार्ट एकेडमि बीच भएको प्रतिष्पर्धा मा ० का विरुद्ध ८ गोल गर्दै अमरज्योति मावि विजयी भएको हो खेलको प्लेयर अफ द म्याच रेनु शर्मा  भएकी छन् ।

सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमी फाइनल खेल बिहान र फाइनल खेल दिउसो  गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा हुने  नगर खेलकुद विकास समितिकोे अध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७÷१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका छन । गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले जानकारी दिनुभयो । ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3