single head

देउराली स्कुलका विद्यार्थीलाई रास्वपा गैडाकोटद्वारा शैक्षिक सामग्री वितरण / घरदैलो अभियानबाट नया सदस्य थपिए

single post top 1

जेठ ६ गैडाकोट ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडाकोट नगर कमिटीले  देउराली सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

single p1

विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा प्रेरित गर्न तथा सिकाइमा थप सहजता ल्याउने उद्देश्यले मंगलबार गैडाकोट वडा नं. १८ स्थित देउराली सामुदायिक विद्यालयमा  शैक्षिक सामग्री वितरण गरिएको रास्वपा नगर सभापति विमल घिमिरेले बताउनु भयो । नगर सभापति  घिमिरेले सो अवसरमा रास्वपाले गैडाकोट वडा नं. १८ मा घरदैलो अभियान समेत सञ्चालन गरेको बताउनु भयो ।

single p2

नगर सभापति घिमिरेले सामुदायिक विद्यालयहरूमा पढ्ने बालबालिकाको हकमा यस्ता सहयोग कार्यक्रमले उत्साह थप्ने विश्वास व्यक्त गर्नु भयो । उहाले  पार्टीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

विद्यार्थीहरूलाई वितरण गरिएको शैक्षिक सामग्रीमा कापी, कलम, पेन्सिल, रबर, स्केल, लगायतका सामग्रीहरू समावेश गरिएको थियो।  अभियानको क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको र  घरदैलो अभियानको  क्रममा ५० जनाले रास्वपाको नया सदस्यता लिएको पार्टीले जनाएको छ ।  विद्यालयका शिक्षक र अभिभावकहरूले समेत कार्यक्रममा खुसी हुदै धन्यवाद  दिएका  थिए।

गैडाकोट  नगर सभापति विमल घिमिरेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा नगर कमिटीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3