single head

गैँडाकोट ६ मा १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु

single post top 1

जेठ ४,गैँडाकोट। नपलपरासि पुर्व गैँडाकोट नगरपालिका वडा नम्बर ६ ले १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु गरेको छ ।

single p1

आईतवार नमुना शिवनगर खानेपानिको सभाहलमा शुरु तालिममा वडामा रहेका १०० जना सहभागि हुने र हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम दिइने वडाध्यक्ष सुबास चाँपागाईले बताउनुभयो ।
वडाध्यक्ष चाँपागाइले तालिम पश्चात घरमा आउने समस्या आफैले समाधान गर्न सक्ने गरि सिप सिक्न वडावासीलाई आग्रह गर्नुभयो ।

single p2

गैँडाकोट नगरपालिका वडा नम्बर ६ वडा सदस्य पबित्रा अधिकारीले काम नजानेर घरमा धेरै खर्च भइरहेको समयमा यस्तो किसीमको तालिमले घरमा प्रयोग हुने इलेक्ट्रोनिक्स समान तथा धारा मर्मत गर्न उपयोगी हुने हुँदा राम्रो सँग सिक्न आग्रह गर्नुभयो ।


पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटका सञ्चालक दिपक दराईले आफुले तालिम लिएर आफ्नो घरमा हुने घरायसि उपकरण फिटिङ्ग तथा मर्मत अथवा आफ्नो समस्या आफै समाधान गर्न सक्ने र बाहिरको पनि काम लिएर आयआर्जन गर्न सक्ने हुनुपर्ने बताउनु भयो ।

तालिमको प्रशिक्षकमा दिपक दराई, गोबिन्द खनाल, कमल दराई रहनुभएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य रण बहादुर दराईले स्वागत मन्तब्य राख्नु भएको तालिममा औपचारिक कार्यक्रमको सञ्चालन वडा सदस्य चन्द्र बहादुर बिश्वकर्माले गर्नुभएको थियो ।


कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कल्पना परियार , पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटका उपाध्यक्ष आशिका दराईको उपस्थिती रहेको थियो । तालिममा पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुट गैडाकोट ६ ले सहजीकरण गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3