जेठ १, गैडाकोट (नबिन सुबेदि)। नवलपरासि पूर्व गैंडाकोटमा एक महिने नगरस्तरिय खुल्ला लोकगायन प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहिबार गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान जानकी ग्यालरी हलमा भएको उद्घाटन कार्यक्रम हारमोनियम बजाएर प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गर्नु भएको हो ।

प्रमुख अतिथि नगरप्रमुख अधिकारीले “हाम्रो मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो। लोकगायन, विशेषगरी लोक तथा दोहोरी गीत, हाम्रो पहिचान भएको बताउनु भयो । गैंडाकोट नगरपालिकाले यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई सदैव प्राथमिकता दिएको छ र भविष्यमा पनि सहयोग जारी राख्नेछ। प्रतिभाशाली नयाँ पुस्तालाई सीप र संस्कार दिन सकिने यस्ता तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। यो सिकाई कार्यक्रम हाम्रो सांस्कृतिक जग बलियो बनाउने दिशामा एक महत्वपूर्ण पाइला हो।“ अधिकारीले भन्नु भयो ।
प्रशिक्षण कार्यक्रमका संयोजक एवं लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष लोक गायक अमर बिरही गुरुङले “लोकदोहोरी हाम्रो पहिचान हो ,यो गीत–सङ्गीतले हाम्रो समाज, संस्कार, रहनसहन, व्यथा र उत्साह सबै कुरा बोकेको हुन्छ , नयाँ पुस्तालाई सिकाउनु हाम्रो दायित्व हो भन्नुभयो । मैले जीवनभर सङ्गीतलाई माया गरेँ, अब ती अनुभवहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु मेरो कर्तव्य ठान्छु । यस्ता कार्यक्रमहरूले संस्कृतिको जगेर्ना मात्र होइन, प्रतिभाको पहिचान र प्रोत्साहनमा पनि ठूलो भूमिका खेल्दछ गुरुङले भन्नुभयो ।
लोकगायन प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षकका रूपमा चन्द्र घले रहनु भएको छ ।
गैंडाकोट नगरपालिकाको आर्थीक सहयोगमा हुने एक महिने नगरस्तरिय खुल्ला लोकगायन प्रशिक्षण कार्यक्रममा ४० जना सहभागिले प्रशिक्षण लिने भउका हुन ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष बुद्धिनाथ घिमिरे ,लोकदोहारि गायिका दुर्गा सापकोटा , गायिका शारदा सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गैडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको हो ।





