single head

पाथिभरा केवलकार निर्माण कार्य अगाडी बढाउन सर्वोच्च अदालतले बाटो खोलिदियो

single post top 1

जेठ १, काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको छ। न्यायाधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

single p1

सर्वोच्चको यो आदेशसँगै पाथिभरामा केबलकार निर्माणको काम पुनः अघि बढ्ने भएको छ। आइएमई ग्रुपको लगानीमा यो परियोजना कार्यान्वयन हुँदै आएको छ। अब निर्माण कम्पनीले रोकिएको कामलाई निरन्तरता दिन सक्नेछ।

single p2

यसअघि, यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म निर्माण कार्यलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो।

त्यसपश्चात्, न्यायाधीश  सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा बोलाएको थियो। दुवै पक्षको बहस र छलफलपछि न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको ठहर गरेको हो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3