क्यान सँगको सम्झौतालाई निरन्तरता नदिने सन्दीप लामिछानेको घोषणा

taja samachar side 1

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ।

आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् क्यानसँगको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गर्नुभएको हो।  सन्दीपले फेसबुकमा लेख्नुभएको छ, ‘धेरै सोचविचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता निरन्तरता नदिने निर्णय लिएको छु।’

Article Inline 2

लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलाका लागि भएको उल्लेख गर्नुभएको छ। सम्झौता नवीकरणमा सहभागी नहुने घोषणा गर्नुभएका लामिछानेले क्यानप्रति आभार प्रकट गर्नुभएको छ।  ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको उच्च कदर गर्छु’, लामिछानेले थप लेख्नुभएको छ। लिग-२ अगाडि सन्दीपको यो घोषणालाई चासोका साथ हेरिएको छ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९-२७ गते) सम्म सिरिज खेल्नेछ। लिग-२ सिरिजपछि नेपालले ती देशसँग टी-२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ। उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १-६ गते) सम्म सञ्चालन हुनेछ। लिग-२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ।

लिग-२ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :