single head

नेकपा माओवादी केन्द्र गैंडाकोट ८ वडा कमिटीले वडा नम्बर ८ वडाध्यक्ष प्रेम सापकोटा समक्ष ध्यानाकर्षण पत्र बुझायो

single post top 1

गैंडाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैंडाकोट नगरपालिका वडा नम्बर ८ वडाकमिटीले गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटा समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

single p1

मंगलवार वडा कार्यलयमा नेकपा माओवादी केन्द्र गैंडाकोट ८ का वडाकमिटि अध्यक्ष छबिलाल सुवेदीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनअनुसार स्थानीय तहमा गरिएको ७ बुँदे लिखित तथा मौखिक प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएको भन्दै ती विषय तत्काल लागु गर्न माग गदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

single p2

ध्यानाकर्षण पत्रमा समाबेस मुख्य मागहरूमा  प्रतिबद्धता पत्रमा उल्लेखित बुदाँ न.१ देखि बुदाँ नं ७ सम्म उल्लेखित बुदाँहरु कार्यान्वयन गर्नुपर्ने, करंघारी टोल विकासभित्र पर्ने सबै बाटोहरु कालोपत्रे गर्नुपर्ने, उज्वल टोलमा कुलोको बाँधदेखि तात्रीबास पुलसम्म खोलाको तटबन्ध निर्माण गरिनुपर्ने, दुर्गा रानाको घरछेउदेखि लखनचोक चौतारासम्मको बाटो विस्तारसहित कालोपत्रे गरिनुपर्ने , कुलोको बाँध नजिक रहेको सुरबिर परियार विपन्न परिवारको बासास्थान निर्माण गरि दिने आस्वासन कार्यान्वयन गर्ने गराउने र वृद्धवृद्धाका लागि दिवा आश्रम निर्माण गर्ने, खेलकुद समितिसँगको समन्वयमा आवश्यक जग्गा उपलब्ध गराई आश्रम निर्माण प्रक्रिया अघि बढाइनुपर्ने रहेको छ । ध्यानाकर्षण पत्र बुझ्दै वडाध्यक्ष प्रेम सापकोटाले वडाले यि विषयहरूमा ध्यान दिइसकेको र केही कामहरू सम्पन्न भइसकेको जानकारी दिनुभएको थियो । वडाध्यक्ष सापकोटाले कार्यन्वयन हुन बाँकी कामहरू पनि प्राथमिकताका साथ अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ८ का जन प्रतिनिधि कमला आचार्य, खगेश्वर सापकोटा, तर्कबहादुर थापा, नेकपा. माओवादी केन्द गैंडाकोट नगरपालिका वडा नम्बर ८ वडाकमिटीका वडा इन्चार्ज एवं पुर्व अध्यक्ष दुर्गाजित कुँवर,सचिव फुलबहादुर लामा, उपाध्यक्ष तारादेवी पौडेल, कोषाध्यक्ष धनबहादुर घिसिङ, सह-सचिव शोभा जमरकट्टेल, सदस्य वासुदेव आचार्य र प्रेमलाल कुमाल, लगायतकोे  उपस्थिति रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3