single head

गैंडाकोटमा खराल वंशोधर प्रतिष्ठान नेपालद्वारा “खराल दर्पण ”पुस्तक विमोचन तथा मित्रमिलन कार्यक्रम सम्पन्न

single post top 1

गैंडाकोट । खराल वंशोधर प्रतिष्ठान नेपालको आयोजनामा गैंडाकोटमा बिबिध कार्यक्रम सम्पन्न भएको छन् ।

single p1

सोमबार प्रतिष्ठानको सभाहलमा चण्डिका स्वरूपा कालिका माताको पूजा ,खराल दर्पण नामक पुस्तक विमोचन, कुल पूजा, तथा मित्रमिलन कार्यक्रम सम्पन्न भएको छ ।

single p2

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खराल वंशोधर प्रतिष्ठान नेपालको यो पहलप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो। नगर प्रमुख अधिकारीले भन्नुभयो “वंशजबीचको एकता, संस्कृति र इतिहासको संरक्षण आजको युगमा झन आवश्यक छ , ‘खराल  दर्पण’जस्ता प्रकाशनले हाम्रो पहिचान, मूल, र परम्परा सम्झाइरहन्छ । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी सहयोगमा टेवा र्पुयाउँछन्। गैंडाकोट नगरपालिकाबाट पनि यस्ता सांस्कृतिक तथा ऐतिहासिक प्रयासहरूमा सधैं साथ र समर्थन रहनेछ ।


प्रतिष्ठानका अध्यक्ष यदुमणि खरालले शुन्य अवस्थामा रहेको खरालहरूलाई यो अवस्थामा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उहाँले नगर प्रमुख अधिकारीलाई खराल वंशधर प्रतिष्ठान आउने बाटो अप्ठ्यारो भएकोले सिडीसहितको बाटो बनाउन आग्रह गर्नुभएको थियो ।

कालिका देवी पञ्चायन मन्दिर खरालको मात्र होइन सबैको लागि खुल्ला रहेको सहसचिव बाबुराम खरालले जानकारी दिनुभयो। उहाँले नेतृत्वमा आउन हान्थाप हुने ,आइसकेपछि हाम्रो वंशलाई कति समय व्यवस्थापन गरेका छौँ, यसरी नै खट्नुपर्छ खरालहरू , एक छन है भनेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्ने अधिकांस ब्याक्तित्वहरुले खराल वंशका सदस्यहरू बीचको एकता, संस्कृति संरक्षण तथा ज्ञान आदान प्रदानलाई प्रोत्साहन गरेकोे बताउनु भएको थियो ।

कार्यक्रममा खराल प्रतिष्ठान नेपालका सचिब युबराज खरालले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शालिकराम खरालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा शिक्षा क्षेत्रमा विशिष्ट योगदान र्पुयाएका तथा विद्या वारिधी उपाधि प्राप्त गरेका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो साथै प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका भूमि व्यवस्था आयोग नवलपुरका अध्यक्ष श्री तारापती खरेलको उपस्थिति रहेको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष माधव खरालले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सहसचिव बाबुराम खरालले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3