spot_img

Wednesday, May 21, 2025

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि  १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् । टोलीमा आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख छन् । यस्तै गुलशन झा,,बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।

क्यानले लिग–२ अन्तर्गत सिरिजपछि हुने टि २०आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा परेका छन् । नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल हुनेछन । लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार