spot_img

Saturday, June 13, 2026

शान्तीश्री महिला समूहको भान्सा साक्षरता विषयक एक दिने कार्यक्रम सम्पन्न

गैंडाकोट । पोषण, स्वच्छता र खाना पकाउने सिप अभिवृद्धि गर्ने उद्देश्यका साथ शान्तीश्री महिला समूह गैंडाकोट ४ को आयोजनामा गैंडाकोटमा भान्सा साक्षरता विषयक एक दिने कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको हो ।

कार्यक्रममा विकू बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटा (राजु)ले सन्तुलित आहार निर्माण, खाना पकाउने सुरक्षित तरिका, खाद्य सुरक्षाबारे जानकारी तथा सिमित बजेटमा पौष्टिक खाना तयारका उपायहरुका बारेमा प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा शान्तीश्री महिला समूहका अध्यक्ष लक्ष्मी कमलीले प्रशिक्षण तालिमले महिलाहरुमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । स्वस्थ्य परिवारका लागी स्वच्छ र पोषणयुक्त खाना अपरिहार्य रहेको र यस कार्यक्रमले सोही दिशामा लैजाने समेत बताउनुभयो । शान्तीश्री महिला समूहकी उपाध्यक्ष विष्णु कंडेल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको कोषाध्यक्ष सिता शर्मा पौडेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा शान्तीश्री महिला समूहका ४५ जना महिलाहरुकोे उपस्थिती रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :