spot_img

Wednesday, May 21, 2025

भूकम्प रोक्न नसकिए पनि सम्भावित जोखिम कम गर्न सकिने भएकाले सबैले ध्यान दिनुपर्छ- राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरण गर्न नीतिगत तथा भौतिक संरचना सुधार आवश्यक रहेको बताउनुभएको छ ।

भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमार्फत राष्ट्रपति पौडेलले भूकम्प रोक्न नसकिए पनि यसबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न सकिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

विक्रम संवत् २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई भूकम्प गएको १० वर्ष पूरा भएको छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनेप्रति राष्ट्रपति पौडेलले गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ । सन्देशमा बढ्दै गइरहेको सहरीकरणले भूकम्पीय जोखिम अझ बढाएको र मानवनिर्मित भौतिक संरचनाले जोखिम बढाएका कारण यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल प्राकृतिक प्रकोपको दृष्टिले उच्च जोखिममा रहेका कारण आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार