उहाँले भन्नुभयो “सरकार तिर हाम्रो ध्यान तेति चाहि छैन । तर परिस्थिति त्यस्तो वन्दै छ की यो सरकार धेरै अगाडी जान सहज छैन भन्ने कुरा देखिएको छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।” सरकार प्रति चौतर्फि असन्तुष्टि, आक्रोश, आवेग जनतामा वढेको बताउँदै उहाँले जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
शिक्षक, डाक्टर, नर्स, लघुबित्त पिडित, सहकारी पिडित र राजनैतिक दलहरु आन्दोलनमा रहेको बताउँदै उहाँले जनताको माग सम्बोधन गर्न सरकार चुकेको बताउनुभयो ।उहाँले भन्नुभयो “सरकारमा भएका पनि सडकमा आउन थालेका छन् भने पछि परिस्थिति निकैनै गम्भिर र पेचिलो वनेको छ ।” नयाँ वर्षले केहीन केही निकास लिएर आउँने उहाँको भनाई थियो । आँफुले विश्वासको मत लिदाँखेरी नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार वन्ने कुरा सही हो भनेर त्यतिवेला भनेको बताउँदै दाहालले पछिल्लो चोटी केही घटनाक्रमहरु नयाँ भए र नयाँ अनुभव सहित आँफुले भनेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा नयाँ संकल्पका साथ अघि वढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “वि. सं. २०८१ ले ०८२ को लागि आधार दिएको छ । अझ राम्रो काम गर्नका लागि राजनैतिक दलहरुलाई आत्म समिक्षा गर्न, आत्म आलोचना गर्न, जनता र राष्ट्रको आबश्यकता अनुसार अघि वढ्नका लागि नयाँ संकल्प गर्नका लागि आधार दिएको छ । नयाँ वर्षमा त्यो संकल्प जरुरी छ ।” उहाँले थप्नुभयो “बि.सं.२०८१ समग्रमा भन्नु पर्दा मिश्रीत अनुभवको रह्यो । केही सकारात्मक र केही नकारात्मक कामहरुपनि भए । समग्रमा भन्दा त्यस्तो उत्साहा वर्धक भन्ने पनि रहेन धेरै निरासा जनक भन्ने पनि भएन ।”





