spot_img

Wednesday, December 10, 2025

फेन्सी ब्यवसायी संघ चितवनले आज साँस्कृतिक कार्यक्रम “फेन्सी नव वर्ष उत्सव २०८२ “गर्ने

चैत ३१ चितवन (नबिनsसुबेदी)। नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै फेन्सी ब्यवसायी संघ चितवनले आज साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम आज साँझ ५ बजे पछि भरतपुरको सिएमटी होटलमा आयोजना हुदैछ । कार्यक्रममा मुख्य आकर्षणका रुपमा चर्चित गायक सुगम पोखरेल र उनको ब्याण्ड सहित सांगेतिक कार्यक्रम रहने छ भने   साथमा चर्चित गायिका शान्तारानी परियार र चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुती रहनेछ । त्यस्तै हाँस्य कलाकार प्रलाद बर्तौला लगायत स्थानीय कलाकारहरुको समेत वृहत प्रस्तुती रहने कार्यक्रम संयोजक बिपिन अर्यालले जानकारी दिनुभएको छ ।

ब्यवसायीको हक हितमा समर्पित संघले मनोरञ्जनको लागि ‘ फेन्सी नव वर्ष उत्सव २०८२ ’ नाम दिएको कार्यक्रमको भरतपुर महानगरपालकाका उप प्रमुख चित्रशेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष रामप्रसाद पौडेलले बताउनु भयो  ।

संधै ब्यवसायीको रुपमा खटिएका ब्यवसायीहरु  बीच सदभाव र रमाइलो गराउन पनि  साँस्कृतिक उत्सवको आयोजना गरिएको फेन्सी ब्यवसायीका अध्यक्ष  पौडेलले बताउनु भयो  ।

‘ फेन्सी नव वर्ष उत्सव २०८२ कार्यक्रमलाइ भब्य र सब्य रुपमा सफल बनाउन सम्पूर्ण स्थानीय मिडियाहरु ( रेडियो ,टिभी ,अनलाइन र पत्र पत्रिका ) लगायत सामाजिक संजाल मार्फत सम्पूर्णलाई जानकारी दिएको प्रचार प्रसार संयोजक टंक सापकोटाले फास्ट खबर अनलाईनलाइ जानकारी गराउनु भयो ।

२०४५ सालमा स्थापना भएर २०७३ सालमा विधिवत दर्ता गरिएको संघले पहिलोपल्ट यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । फेन्सी ब्यवसायी संघ चितवन ,उद्योग वाणिज्य संघ चितवनको सबैभन्दा ठुलो वस्तुगत संघ हो । संघले नयाँ बर्ष २०८२ को क्यालेण्डर समेत प्रकाशित गरेको छ ।

उद्योग वाणिज्य संघ चितवन प्रवद्र्धक रहेको उत्सवको इभेन्ट पाट्नर दाताज इभेन्ट, हस्पिटालिटी पाट्नर सिएमटी होटल रहेको छ  । कार्यक्रममा फेन्सी व्यवसायी सदस्य एवं सवै बस्तुगतका व्यवसायी साथै शुभेच्छुकहरुको उपस्थिती रहन फेन्सी व्यवसायी संघ चितवनले आग्रह गरेको छ  ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :