single head

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

single post top 1

चैत २९ काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ ।

single p1

नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उहाँका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

single p2

यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिइए आवश्यक अनुसन्धनका लागि काठमाडौं ल्याइँदै गरेको प्रवक्ता आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनकुनेमा पूर्व राजाको समर्थनमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटना लगत्तै प्रसाई फरार हुनुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3