single head

गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु गर्यो

single post top 1

चैत २८ गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ ले १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम सुरु गरेको छ ।

single p1

वडामा रहेका १ सय १० जना बढि सहभागि हुने सो तालिममा हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम दिइने वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । उहाँले घरमा आउने साना साना समस्या आफैले समाधान गर्न सकिने सिप विकासले वडावासीलाई सहज हुने अपेक्षा गरिएको बताउनुभयो । तालिम २ स्थानमा हुने बताउँदै आफ्नो समस्या आफै समाधान गर्ने गरी दक्ष बन्न आग्रह गर्नुभयो ।

single p2

यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले आफुले तालिम लिएर घरमा मात्र नभइ अन्य स्थानमा पनि काम गरेर आर्थिक रुपमा सबल बन्न सकिने हुनाले ध्यान दिएर सिक्न आग्रह गर्नुभयो । तालिमले सिप विकास र आयआर्जनमा सुधार ल्याउने पनि नगरप्रमुख अधिकारीको भनाई छ ।

तालिम संयोजक एवंम जनप्रतिनिधि कमला आचार्यले सानो काम नजानेर धेरै खर्च भइरहेको समयमा यस तालिमले घरमा पनि उपयोगी हुने र आर्यस्रोतको पनि बाटो बन्ने हुँदा समय र मन दिएर सिक्न आग्रह गर्नुभयो ।

प्रशिक्षकमा दिपक दराई, बलराम सुवेदी, गोबिन्द खनाल, कमल दराई र दया सापकोटा रहनुभएको छ । तालिममा औपचारिक कार्यक्रमको सञ्चालन वडा सचिव रमेश आचार्यले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा, सुशिला परियार, तर्कबहादुर थापाको उपस्थिती रहेको थियो । तालिममा पब्लिक शाइनिङ्ग टेक्निकल ईन्स्ट्च्यिुटले सहजीकरण गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3