single head

होटल पौवाले वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव तथा नयाँ बर्ष बिशेष सास्कृतिक कार्यक्रम गर्ने

single post top 1

चैत्र २३ ,गैँडाकोट । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव तथा नयाँ बर्ष बिशेष सास्कृतिक  कार्यक्रमको आयोजना गर्न लागेको छ ।

single p1

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ यही चैत्र २५ गतेदेखि २९ गतेसम्म होटेल पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वादका साथ संस्कृति झल्किने मौलिक खाना रहने छ  ।

single p2

नवौं वार्षिकोत्सवको खुशियाली सहित  देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको शनिबार होटल पौवा हर्कपुर गैंडाकोटमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो  । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा गैँडाकोटका महाप्रबन्धक निशान खरेलले जानकारी दिनुभयो  ।

होटल पौवाले नेपालीहरुले वर्षोंदेखि मनाउँदै आएको नयाँ सालको स्वागत गर्ने गरि चैत्र ३१ गते हुने  साँगितीक साँझ कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी हुनेछ भने चैत्र ३१ गतेको साँझलाई चर्चित गायक प्रकाश दुतराज, चर्चित गायिका दिपिका ब्याम्बु, श्रीधर अधिकारी लगायतका कलाकारहरुले मनोरन्जन प्रदान गर्ने महाप्रबन्धक खरेलले जानकारी दिनुभयो  ।

कार्यक्रममा प्रवेश निःशुल्क गरिनुका साथै कार्यक्रम स्थलमा ५० रुपैयाँ देखि  शुरु हुने पौवाका परिकारहरुको स्वाद  लिन सकिने समेत व्यवस्था गरिएको उहाले बताउनु भयो  ।

उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने कार्यक्रमको मुख्य लक्ष्य सहित  पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्ने र  ‘स्वाद उत्सवमा पाहुनाहरूको  प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताउनु भयो  । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्ने उहाले बताउनु भयो ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेटगरी निमन्त्रणा पत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन होटल पौवाले आग्रह गरेको छ ।

पौवा पाहुनाहरूले दिएको विश्वास र समर्थनलाई आधार मानेर पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित हुने अभियानमा छ । पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् ।

लुम्बिनीबाट सुरु भएको पौवा हाल १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापनाको तयारीमा रहेको  छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3