single head

ठूलो भविष्य बोेकेको कलेज गैँडाकोटमा सुरुवात हुनु गण्डकी प्रदेश र मुलुककै लागि गौरवको विषय हो – गृहमन्त्री रमेश लेखक

single post top 1

चैत ९ ,गैँडाकोट । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्ट कलेज गैँडाकोटमा शुरु हुनु भनेको मुलुककै लागि गौरवको विषय रहेको बताउनुभयो ।

single p1

गैँडाकोट वडा नं. १ मा वेष्टर्न एडभान्स कलेजको इएमआइटी शैक्षिक भवनको शिलन्यास कार्यक्रममा गृहमन्त्री लेखकले नेपालमा प्रयाप्त सम्भावना भएको बताउँदै भन्नुभयो “सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज गैँडाकोटमा आइपुगेको छ, इन्जिनियरिङ, म्यानेजमेण्ट, सूचनाप्रविधिको एउटा ठूलो भविष्य बोेकेको कलेज गैँडाकोटमा सुरुवात हुनु यस गण्डकी प्रदेश र मुलुककै लागि गौरवको विषय रहेको बताउनुभयो ।

single p2

उहाले  भन्नुभयो “मुलकुमा आर्थिक समस्या छ, विकास निर्माणका क्षेत्रमा समस्या छन्, शिक्षा लगायतका क्षेत्रमा विभिन्न समस्या छन्, नेपालमा समस्या बाहेक केही छैन भन्ने भाष्य निर्माण भइरहेको छ । यो पनि सत्य नभएको आग्रह गर्न चाहन्छु ।”

नवलपरासी वर्दघाट सुस्तापूर्व गैँडाकोट १ मा वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टले निर्माण गर्न लागेको इएमआइटी शैक्षिक भवनको गृहमन्त्री रमेश लेखकले शनिबार शिलन्यास गर्नुभएको छ ।

कलेजका प्रमुख,  इन्जिनियर राजन सापकोटाले गैँडाकोटलाई इन्जिनियरिङ्ग र म्यानेजमेण्टको शैक्षिक हवको रुपमा विकास गरिने बताउनुभयो । देशकै मध्यभागमा अवस्थित यस कलेजले सर्बसुलभ शिक्षाको पहुँच अभिवृद्धि गर्न सधैँ प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिशि, संविधान सभा सदस्य कृष्ण पौडेल, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, सुदुरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, युवा सामाजिक व्यक्ति गोकुल सापकोटा लगायतले कलेजको सफलताको शुभकामना दिएका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3