single head

चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ हुने

single post top 1

 चैत ७ भरतपुर । चितवनमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ हुने भएको छ ।

single p1

चितवन उद्योग संघको आयोजनामा हुने प्रदर्शनी चैत १४ गतेदेखि १८ गते सम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा बिहीबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो  ।

single p2

प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार (बैंक, बिमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक) निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहने चितवन उद्योग संघका उपाध्यक्ष तथा प्रदर्शनी संयोजक दिनुप बरालले बताए ।

त्यस्तै, प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोगमा प्रदर्शनीहुन लागेको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले बताए ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।प्रदर्शनी अन्तर्गत बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रवर्द्धन सहयोगमा, नेपाल कमर्शियल आर्टिष्ट संघ बागमती प्रदेशसँगको सहकार्यमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ आयोजना गरिएको हो ।

चित्रकला प्रतियोगितामा बागमती प्रदेशका ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको चित्रण हुने गरी प्रदर्शनी स्थलमा नै प्रत्यक्ष रुपमा कोरिएका चित्रहरुका बीच प्रतियोगिता हुने छ ।

चित्रकला प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु २०,०००।(नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु १०, ०००।(नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु ५,०००।(नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा।लि। को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा चैत्र १४ गतेदेखि २०८२ साल वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला आयोजना पनि गरिएको छ । मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ ।

मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ। उक्त मेलामा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको घिमिरेले बताए ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3