spot_img

Wednesday, May 21, 2025

पंगेनी समाज नेपालकाे केन्द्रिय साधारण सभा गैंडाकाेटमा सम्पन्न

चैत्र २,गैंडाकाेट । पंगेनी समाज नेपाल काे वार्षिक साधारण सभा  शनिवार गैंडाकाेटमा सम्पन्न भएकाे छ ।

समाजकाे केन्द्रिय वार्षिक साधारण सभा गैंडाकाेटकाे मनासराेवर हाेटलकाे सभा हलमा सम्पन्न भएकाे हाे । समाजका केन्द्रीय अध्यक्ष दुर्गा दत्त पंगेनीकाे अध्यक्षता एव जेष्ट नागरीक रत्नकुमारी पगेनीकाे प्रमुख आतिथ्यतामा भएकाे साे साधारण सभामा समाजका ८० बर्ष पार गर्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएकाे थियाे । उक्त कार्यक्रममा नवलपरासी पूर्व र चितवन जिल्लाका पंगेनी समाजका सदस्यकाे रुपमा रहि स्थानिय जनप्रतिनिधिकाे रुपमा राष्ट्रकाे सेवा गर्नुभएका मध्यविन्दु नगरपालिका वडा नं १३ का वडा अध्यक्ष अर्जुन पंगेनी , भरतपुर महानगरपालिका वडा नं २८का वडा अध्यक्ष डण्डपाणि रिजाल पंगेनि एवम् जनता मा वि अरुणखाेलाका प्रधानाध्यापक भानुभक्त पंगेनीलाई समेत सम्मान गरिएकाे थियाे ।

यसैगरी साे कार्यक्रममा समाजका महासचिव लिला प्रसाद पंगेनीले सांगठानिक प्रतिवेदन पेश गर्नु भएकाे थियाे भने आर्थिक प्रतिवेदन काेषाध्यक्ष देवि प्रसाद पंगेनी र लेखा प्रतिवेदन लेखा उपसमिका संयाेजक प्रकाश चन्द्र पंगेनीले प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा प्रतिवेदन माथि छलफल गर्दै सुझाव सहित पारित गरिएकाे समेत समाजका महासचिव लिला प्रसाद पंगेनीले बताउनुभयाे । यसैगरी कार्यक्रममा वंशावलि खाेज तथा अनुसन्धान उपसमितिका संयाेजक प्रा डा भवेश्वर पंगेनीले पंगेनी बंशकाे बंशावलि तयारिका लागि भएका क्रियाकलापकाे बारेमा प्रकाश पार्नुभएकाे साे कार्यक्रममा विभिन्न जिल्ला समाजका जिल्ला अध्यक्षहरुले आ -आफ्नो  जिल्लाका गतिविधिहरुका बारेमा रिपाेर्टिङ गर्नुभएकाे थियाे ।

समाजका केन्द्रिय उपाध्यक्ष गाेमा पंगेनीले स्वागत मन्तब्य दिनुभएकाे साे कार्यक्रममा साधारण सभाकाे संयाेजन गरेका दुईवटा जिल्लाहरु नवलपरासी पूर्व र चितवन जिल्लकाे तर्फबाट समाजका केन्द्रिय सहकाेषाध्यक्ष हिमालदेव पंगेनीले सहभागी हरु सबै पंगेनी बन्धुहरुलाई स्वागत गर्दै संयाेजनकारी भुमिका निर्वाह गर्ने अवसर दिएकाेमा धन्यवाद दिनुभएकाे थियाे । कार्यक्रममा पंगेनी समाजकाे लाेगाे समेत सार्वजनिक गरिएकाे थियाे ।

समाजका केन्द्रिय सचिव सरद पंगेनीले सहजिकरण गर्नुभएकाे साे कार्यक्रममा सुर्खेतका कृष्ण प्रसाद पंगेनी, स्याङ्जाका ध्रुव पंगेनी लगायतका बक्ताहरुले पंगेनी समाज र बन्धुहरुकाे हितका निम्ति सबैले मिलेर काम गर्नु पर्ने कुरामा जाेड दिनुभएकाे थियाे । दस वटा जिल्लाहरुबाट करीव २०० जना भन्दा बढीकाे सहभागितामा सम्पन्न भएकाे साे वार्षिक साधारण सभाले पंगेनी समाजकाे श्रीबृद्विकाे लागि अन्य जिल्लामा सदस्यता बृद्वि गर्दै जाने र सदस्यता वृद्विलाई दाेब्बर बनाउने गरि अाफ्ना गतिविधिलाई अगाडि बढाउने र सामाजिक रुपान्तरणमा अग्रसर भएर लाग्ने प्रतिवद्वता सहितकाे घाेषणा पत्र जारी गरि साधारण सभा सम्पन्न भएकाे सचिव सरद पंगेनीले जानकारि दिनुभएकाे छ । साधारण सभाकाे संयाेजन नवलपरासी पूर्व र चितवन जिल्ला समितीले गरेका थिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार