single head

भेस्पा, एप्रिला स्कुटरको नयाँ सोरुम गैँडाकोटमा / उद्घाटन अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

single post top 1

फागुन २६ गैँडाकोट । गैँडाकोटमा भेस्पा, एप्रिला स्कुटरको नयाँ सोरुम उद्घाटन भएको छ ।

single p1

गैँडाकोट ५ जनक क्यापस गेट अगाडी रुवी बद्रस मल्टीपर्पोज प्रा.लिले भेस्पा, एप्रिला स्कुटरको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गैँडाकोट क्षेत्रमा बढदै गएको भेस्पा, एप्रिला स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलर शुरु गरिएको कम्पनीले जनाएको छ ।

single p2

नया शोरुमको उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन र उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष दिपक सापकोटाले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो  ।

उद्घाटन गर्दै उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले व्यवसायिक प्रबद्र्धनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउदैँ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो । आर्थिक मन्दिले सबैलाई प्रभावित बनाएको समयमा राज्यले केही गर्ने समय आएको हुनाले बताउनुभयो ।

सोरुमको शुभारम्भ गर्दै रुवी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ बढ्दै गएको भेस्पा, एप्रिलाको लोकप्रियतालाई मध्यनजर गर्दै गैंडाकोटमा नयाँ शोरूम खोल्न पाउँदा अत्यन्तै उत्साहित भएको र ग्राहकहरूको बढ्दो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न रुवी ब्रदर्स मल्टीपर्पोज प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।

गैँडाकोट ५ जनक क्यापस गेट अगाडी रुवी बद्रस मल्टीपर्पोज प्रा.लिले भेस्पा, एप्रिला स्कुटरको नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स साथै एक्सचेञ्ज तथा अन स्पट् फाइनासिङ्गको सुबिधा समेत रहेको कम्पनीले जनाएको छ ।

सोरुम उद्घाटनको अवसरमा फाल्गुन तथा चैत्र महिनाभरी गैंडाकोट सोरुममा ओपनिंग अफर सञ्चालन गरेको छ । सो अफर अन्तर्गत ग्राहक एवं उपभोक्ताहरूले भेस्पा, एप्रिला स्कूटर बुक खरिद गर्ने ग्राहकहरूले १० हजार क्यास डिस्काउन्ट प्राप्त गर्नेछन। साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालु संगै थप  १० हजार अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन। साथै हरेक स्कुटरको खरिदमा ६ हजार बराबरको स्मार्टवाच र भेस्पा, एप्रिलाको ब्रान्डेड हेल्मेट तथा किरिङ्ग प्राप्त गर्नेछन। यस चैत्र महिना भरि  टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन।

यस्तै उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष दिपक सापकोटा, गैँडाकोट नगरकार्यपालिका सदस्य शान्ति न्यौपाने, नगरपालिका भूमि शाखा प्रमुख विष्णुप्रसाद गौतम लगायतले गैँडाकोटमा सोरुम सञ्चालनमा आउँदा यहाँका स्थानीयलाई सहज सुबिधा राम्रो रहेको बताउनुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3