फागुन २६ धनगढी । नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताउनुभएको छ ।
सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुग्नुभएका सभापति देउवाले सो कुरा बताउनुभएको हो । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको र्यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा माहोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो , “राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई के केही थाह छैन ।’’ यस्तै उहाँले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पर्नुभयो । यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा आफू क्रियाशिल रहने बताउनुभयो ।
कमेन्ट :