spot_img

Saturday, March 22, 2025

एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स चितवनमा विष्णु अधिकारीको नेतृत्व

फागुन २४,भरतपुर  । एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि  ई. विष्णु अधिकारीको अध्यक्षतामा  ११ सदस्यीय नयाँ  कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित उपाध्यक्षहरुमा ई. खेम थापा बहादुर मगर, ई. दामोदर ढकाल, सचिवमा ई. आकाश शर्मा, सहसचिवमा ई. केदार अधिकारी र ई. शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा रहेका छन् ।
यस्तै, सदस्यहरुमा ई. गौरव पराजुली, ई. हेमन्त श्रेष्ठ, ई.अमृत गिरी र रोशन भाट निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले देश विकासमा अहम् भूमिका निर्वाह गर्ने इन्जिनियरहरुको भूमिकालाई राज्यले सही सदुपयोग गर्नुपर्ने बताइन् । उनले इन्जिनियरहरुको भूमिका महत्तवपूर्ण रहेको बताइन् । भरतपुरको विकास र समृद्धिमा इन्जिनियरहरुको भूमिका अतुलनीय रहेको भन्दै उनले प्रशंसा गरिन् ।
निवर्तमान अध्यक्ष उदयकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष ई. विष्णु अधिकारी राष्ट्रनिर्माणमा योगदान दिनसक्ने इन्जिनियरहरुको भूमिकालाई थप मजबुत बनाउँदै आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

  • -advertisement-
कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार