single head

अमेरिकामा हुने क्लब विश्वकप प्रतियोगिताको पुरस्कार एक अर्ब अमेरिकी डलर

single post top 1

फागुन २३ काठमाडौं ।  फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ ।

single p1

अबको करिब तीन महिनामा हुन लागेको क्लव विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टोलीलाई एक अर्ब डलर पुरस्कार राशि दिने फिफाले घोषणा गरेको हो ।

single p2

स्विट्जरल्याण्डमा भएको पुरस्कार रकम घोषणा कार्यक्रममा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त रकम बाहेक पनि थप २५ करोड डलर प्रतियोगितामा सहभागिता नजनाउने मुलुकमा त्यहाँको फुटबलको विकासका लागि सहयोग गर्ने फिफाको योजना सुनाउनुभयो ।

फिफाले क्लव विश्वकपका लागि घोषणा गरेको यो पुरस्कार रकम कतारमा आयोजना भएको पछिल्लो विश्वकप फुटबलको पुरस्कार रकम भन्दा दोब्बर भन्दा पनि बढि हो ।

कतार विश्वकपमा कुल ४४ करोड डलर पुरस्कार राशी थियो । प्रत्येक महादेशबाट शीर्ष फुटबल क्लबहरू सहभागी हुने क्लब विश्वकप यो वर्षदेखि ८ टोलीबाट ३२ टोलीमा विस्तार गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3