नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा आजदेखि कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ ।
महोत्सवको आज संघीय कृषि मन्त्री रामानाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।
महोत्सवमा ९८ वटा स्टल राखिएको छ । जसअन्तरगत २९ वटा कृषि प्रविधिका स्टल, ३० वटा कृषि प्रदर्शन स्टल र ३९ वटा रैथाने खानाका स्टलहरु रहेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो
कमेन्ट :