single head

आइएमई समूहद्धारा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा

single post top 1

 फागुन २२ महोत्तरी ।  आइएमई समूहले उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

single p1

समूहले पहिलो पटक प्रयासमा कागज उद्योग सञ्चालनमा ल्याएर उत्पादनमूलक क्षेत्रमा आफूलाई प्रवेश गराएको हो । समूहले महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रामनगरको इटाटारमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा ल्याएको हो । करिब दुई अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगबाट पुस्तक तथा कपीका लागि आवश्यक कागज उत्पादन हुने उद्योगका सञ्चालकसमेत रहनुभएका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

single p2

नेपालमा खपत हुने कागजबापत बर्सेनि अर्बौं रुपियाँ बाहिरिएकाले त्यसलाई प्रतिस्थापन गरी स्वदेशी वस्तुको उपयोग बढाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । “कागजको आयात प्रतिस्थापन गर्ने र नेपालमै लगानीको अवसर सुनिश्चित गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो ।

उद्योगमा दैनिक ७५ टनसम्म कागज उत्पादन गर्न सक्ने जडित क्षमता छ । माग बढेको अवस्थामा उत्पादन क्षमता पनि बढाउन सक्ने गरी तयारी अवस्थामा रहेको ढकालले जानकारी दिनुभयो । “आवश्यकता र मागका आधारमा उत्पादन क्षमता बढाउन सक्ने अवस्था छ,” उहाँले भन्नुभयो, “भविष्यमा निर्यात पनि गर्न सक्ने गरी तयारी अवस्थामा छौँ ।”

१९ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा करिब दुई सय जनाले रोजगारी पाएका छन् । स्थानीयलाई प्राथमिकता दिएर रोजगारी उपलब्ध गराइएको ढकालले जानकारी दिनुभयो । आधुनिक प्रविधियुक्त औद्योगिक उपकरणमार्फत उत्पादन हुने भएकाले कागज गुणस्तरीय हुने र आयातित कागजसँग सहजै प्रतिस्पर्धा गर्न सक्ने उहाँको दाबी छ । “नेपालमै उत्पादन हुँदा मूल्य पनि सर्वसुलभ नै हुन्छ,” उहाँले भन्नुभयो ।

अहिले नेपालमा बार्सिक करिब एक लाख २५ हजार टन कागज खपत हुने गर्छ । जसमध्ये अधिकांश हिस्सा आयातित कागजको छ । उद्योगबाट उत्पादित कागजले ३० प्रतिशतभन्दा कागजको आयात प्रतिस्थापन गर्ने विश्वास गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3