spot_img

Monday, March 17, 2025

ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ६ को साधारण सभा सम्पन्न

गैँडाकोट ।  ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ६ को साधारण सभा सम्पन्न भएको छ ।

नमुना शिवनगर खानेपानीको सभाहलमा बुधबार भएको संघको दोस्रो वार्षिक साधारण सभाको प्रमुख अतिथि गैँडाकोट वडा नम्बर ६ का वडाध्यक्ष शुभाष चापाँगाइ रहनु भएको थियो ।

  • -advertisement-

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि वडाध्यक्ष  चापाँगाइले ज्येष्ठ नागरिक समाजको धरोहर भएकाले सबैले ज्ञान लिन र सम्मान दिन आवश्यक भएको बताउनुभयो । उहाँले खानपानमा र स्वस्थ आहार गरी स्वास्थको ख्याल गर्न र आध्यामिक चिन्तनमा मन लगाउन पनि ज्येष्ठ नागरिकलाई आग्रह गर्नुभयो । चापाँगाइले वडाको तर्फबाट ज्येष्ठ नागरिकका लागि आफुले काम गर्ने प्रतिबद्धता  जनाउनुभएको छ ।

यस्तै ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ६ का अध्यक्ष भिमलाल शर्माले ज्येष्ठ नागरिकको लागि भजन किर्तन, अनुभव आदान प्रदान लगायतका काम गरेको बताउनुभयो । उहाँले वडा नगर र अन्य निकायसँग सहकार्य गरेर सँगसँगै अघि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघ गैँडाकोट ६ का सदस्य प्रेम शर्मा रिजालले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै ज्येष्ठ नागरिक सम्मान, दिवा कार्यक्रम, चेतनामुलक कार्यक्रम गरेको जानकारी दिनुभयो । साथै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट ६ का निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, ज्येष्ठ नागरिक नगर संघ गैँडाकोट का अध्यक्ष मुक्तिनाथ न्यौपाने लगायतका ज्येष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार