spot_img

Wednesday, May 21, 2025

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको छैटौं स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्य सामाग्री वितरण

फागुन १८ ,कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले छैटौं स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्य सामाग्री वितरण गरेको छ ।
आईतबार जिल्ला शाखाको छैटौं स्थापना दिवसको अवसरमा कावासोती-१२ पिठौलीमा रहेको लक्ष्मी नारायण मन्दिर तथा वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई फलफूल तथा खाद्य सामाग्री वितरण गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केबी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका संस्थापक अध्यक्ष एवं सल्लाहकार होमराज रानाभाट, गण्डकी प्रदेश सचिब भविश्वर पाण्डे, कोषाध्यक्ष रमेश बस्ताकोटी, गण्डकी प्रदेश पत्रकार महासंघका संस्थापक कोषाध्यक्ष दिपक भट्टराई, जिल्ला सल्लाहकार घनश्याम बगाले, जिल्ला स्थित पत्रकार सम्बद्ध संघ संगठनका नेतृत्व एवं प्रतिनिधि सहित जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
लक्ष्मीनारायण मन्दिर तथा वृद्धाश्रमका अध्यक्ष तिर्थशरण भण्डारीलाई महासंघका तर्फबाट फलफूल तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।
शाखा उपाध्यक्ष सालिक राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष धनु भुसाल तथा कार्यक्रम संचालन सचिव आशिष रेग्मीले गरेका थिए ।
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार