spot_img

Tuesday, July 21, 2026

केपी ओली कप फुटबल च्याम्पियनसिप : केपी एफसीलाई हराउदै मच्छिन्द्र एफसी फाइनलमा प्रवेश

फागुन १७ काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिप अन्तर्गतको दोस्रो सेमिफाइनलमा विजयी बन्दै मच्छिन्द्र क्लव फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेशका लागि आज भएको दोस्रो सेमी फाइनल खेलमा आयोजक केपी एफसीलाई हराउदै मच्छिन्द्र एफसी फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आयोजक टोली केपी एफसीलाई ४-० गोल अन्तरले हराउदै मच्छिन्द्रले फाइनलको यात्रा तय गर्यो । अब प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई २-१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिाको फाइनल खेल पर्सि सोमबार हुने कार्यक्रम छ । सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन पनि फाइनल खेल हेर्न नेपाल आउँदै छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :