single head

आठौं राष्ट्रिय रनिङशील दोहोरी गीत प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै/बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने

single post top 1

फागुन १७  ,चितवन (नबिन सुबेदी) ।आठौं राष्ट्रिय रनिङशील दोहोरी गीत प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदैछ।

single p1

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुन गइरहेको आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता आज देखि सुरु भएर  २० गतेसम्म भरतपुर चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसस्थित डिग्री खेल मैदानमा चल्नेछ ।

single p2

देशैभरीका कलाकारहरुको सहभागितामा हुने प्रतियोगिताको तयारी पुरा भए संगै आज दिउँसो बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्ष तथा मूल समारोह समिति संयोजक  रिता थापामगरले फास्ट खबर अनलाईनलाइ जानकारी दिनुभयो ।

प्रतियोगिता हुने स्थानमा स्टेज बनाउने , सजाउने , लाइट जडान देखि साउण्ड राख्ने लगायत विभिन्न काम पुरा भएको  उहाले बनाउनु भयो  । प्रतिष्ठानले विगतदेखि नै राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको आयोजना गर्दै आएकाले त्यसैलाई निरन्तरता दिइएको अध्यक्ष थापा मगरले बताउनु भयो  ।

प्रतियोगितामा देशैभरबाट ‘ए’ र ‘बी’ ग्रुप गरी ४२ टिमले सहभागिता जनाउने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रका प्रथम उपाध्यक्ष एवं सम्पूर्ण प्रतियोगी कलाकारहरुका संयोजक दिपक खड्काले जानकारी दिनु भयो  ।

प्रतियोगितामा सहभागी टिमहरुमा ‘ए’ ग्रुपबाट प्रतिष्ठान कतार शाखा, प्रतिष्ठान कास्की, प्रतिष्ठान वागमती प्रदेश, प्रतिष्ठान सुन्धारा समिति, प्रतिष्ठान जापान शाखा, प्रतिष्ठान काठमाडौं, प्रतिष्ठान दाङ, प्रतिष्ठान बाँके, प्रतिष्ठान बागलुङ, प्रतिष्ठान स्याङ्जाले भाग लिनेछन् ।

त्यसैगरी प्रतिष्ठान बर्दिया, प्रतिष्ठान युके शाखा, प्रतिष्ठान ललितपुर समिति, प्रतिष्ठान नयाँ बसपार्क समिति, प्रतिष्ठान धादिङ, प्रतिष्ठान कालिकोट, प्रतिष्ठान नवलपुर, प्रतिष्ठान तेह्रथुम, प्रतिष्ठान कैलाली, प्रतिष्ठान कपिलबस्तु, प्रतिष्ठान भारतको बैंगलोर शाखाले भाग लिने छन् ।

त्यसैगरी ‘बी’ ग्रुपबाट प्रतिष्ठान कञ्चनपुर, प्रतिष्ठान म्याग्दी, प्रतिष्ठान उपत्यका समन्वय समिति, प्रतिष्ठान कोरिया शाखा, प्रतिष्ठान गुल्मी, प्रतिष्ठान नवलपरासी, प्रतिष्ठान तनहुँ, प्रतिष्ठान गोरखा, प्रतिष्ठान पर्वत, प्रतिष्ठान लुम्बिनी प्रदेश, प्रतिष्ठान चितवन, प्रतिष्ठान मकवानपुर, प्रतिष्ठान पाल्पा, प्रतिष्ठान लमजुङ, प्रतिष्ठान रुपन्देहीले भाग लिने छन् ।

त्यस्तै प्रतिष्ठान सुर्खेत, प्रतिष्ठान गण्डकी प्रदेश, प्रतिष्ठान सुदूरपश्चिम प्रदेश, प्रतिष्ठान नुवाकोट, प्रतिष्ठान युरोप शाखा र प्रतिष्ठान हङकङ शाखाबाट कलाकारहरुले सहभागिता जनाउने संयोजक  खड्काले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका महासचिब शिब हमालले जानकारी दिनु भयो ।

देशभरिका ४२ वटा टिमको सहभागिता रहने प्रतियोगितामा विदेश विभागबाट ६  वटा टिमको सहभागिता रहेको छ भने  प्रतियोगिहरु सबै भरतपुर आइसकेका छन्  ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा प्रतिष्ठान वागमती प्रदेश समिति सहआयोजक रहेको छ भने प्रतिष्ठान जिल्ला कार्यसमिति चितवनले व्यवस्थापनको जिम्मा पाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन शाखा अध्यक्ष कृष्ण भट्टराईले फास्ट खबर अनलाईनलाइ जानकारी दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3