फागुन १६, गैडाकाेट । नेकपा एमाले गैडाकाेटले शनिबार प्रशिक्षण कार्यक्रम गर्ने भएकाे छ ।
पार्टी स्कुल विभागकाे संयाेजनमा गैडाकाेट नगरपालिका कमिटिकाे आयाेजनामा यहि फागुन १७ गते शनिवार नगर पार्टि कार्यालयमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरिएकाे नगर कमिटिका अध्यक्ष कृष्ण कंडेलले जानकारी दिनुभएकाे छ ।
नेकपा एमालेलाई राष्ट्रिय शक्तिकाे रुपमा स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएकाे वडा केन्द्रित पार्टी निर्माण अभियान काे क्रममा साे प्रशिक्षण कार्यक्रम आयाेजना गर्न लागिएकाे अध्यक्ष कंडेलले बताउनुभएकाे छ । पार्टिकाे अान्तरिक जीवनलाई थप मजवुत बनाउने अभिप्रायले पार्टीका नगर कमिटिले पार्टी स्कुल विभागकाे संयाेजनमा कार्यक्रम गर्न लागेकाे नगर अध्यक्ष कंडेलले बताउनुभएकाे छ । साे प्रशिक्षण कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारी एवम् सदस्य ज्युहरु , पार्टीकाे तर्फबाट विजयी जनप्तिनिधिहरु, वडा कमिटिका पदाधिकारि एवम् सदस्य ज्ज्युहरु लगायतका नेता कार्ताहरुकाे सहभागता रहने नगर कमिटिका सचिव राजु भुसालले बताउनुभएकाे छ ।
स्कुल विभाग अन्तरगतका नेताहरुले प्रशिक्षित गर्नुहुने साे कार्यक्रमका लागि पत्राचार गरिएकाे र सबै काे अनिवार्य उपस्थितिकाे लागि अनुराेध गरिएकाे नगर कमिटिका उपसचिव नर बहादुर थापाले जानकारि दिनुभएकाे छ ।