spot_img

Saturday, March 22, 2025

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि देवचुली नगरपालिकाले जित्यो

फागुन १४ गैँडाकोट ।   वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि देवचुली नगरपालिकाले जितेको छ ।

नेपाली काँग्रेस गैँडाकोट नगर समितिको आयोजनमा गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा बुधबार भएको फाइनल खेलमा हुप्सेकोट गाउँपालिकालाई 0 बिरुद्ध २ गोलले पराजित गर्दै देवचुली नगरपालिकाले उपाधि उचालेको हो । देवचुली नगरपालिकाले एकलाख रुपैँया नगद पुरस्कार राशी, शिल्ड मेडल प्राप्त गरेको छ । उपविजेता हुप्सेकोट गाउँपालिकाले ५० हजार नगद पुरस्कार राशी, शिल्ड मेडल प्राप्त गरेको छ ।

  • -advertisement-

बुधबार भएको फाइनल खेलमा समिर श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरस्कार हुप्सेकोट गाउँपालिकाका यमबहादुर बुढामगरले प्राप्त गर्नुभयो । उहाँले १० हजार पुरस्कार राशी, शिल्ड मेडलबाट सम्मानित हुनुभयो ।

 

 

प्रतियोगितामा सर्वोत्कृष्ट गोलरक्षक देवचुली नगरपालिकाका विशाल विक हुन सफल हुनुभयो । उहाँले पाँचहजार पुरस्कार राशी प्राप्त गर्न सफल हुनुभयो । सर्वोत्कृष्ट बलरक्षकको उपाधि देवचुलीका सविन प्रजापतिले प्राप्त गर्नुभयो ।
प्रजापतिले ५ हजार पुरस्कार राशी प्राप्त गर्न सफल हुनुभयो । देवचुली नगरपालिकाका सुमन आलेले सर्वोत्कृष्ट गोलकर्ताको उपाधि प्राप्त गर्नुभयो । प्रतियोगिता अवधिभर ह्याट्रिक सहित उहाँले ४ गोल गर्न सफल हुनुभयो ।

गत फागुन ८ गतेदेखि भएको खेलमा नवलपुरका ८ वटा पालिकाबीच प्रतिष्पर्धा भएको नेपाली काँग्रेस गैँडाकोटका सचिव गोविन्द घिमिरेले बताउनुभयो ।

गत फागुन ८ गते गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सुरु भएको थियो  । गाउँगाउँमा रहेका खेलाडीहरुको प्रतिभा पहिचान र प्रवर्धनका लागि नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आयोजनामा प्रतियोगिता गरिएको नेपाली काँग्रेस गैँडाकोटका नगर सभापति बद्री सापकोटाले बताउनुभयो ।

प्रतियोगिताको समापन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद महेन्द्रध्वज जिशीले राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि  वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतृत्वकर्ता, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी संघसंस्थाहरुलाई सम्मान समेत गरिएको प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो  ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार