spot_img

Tuesday, May 26, 2026

वीपी स्मृति कप :आज विनयी त्रिवेणी गाउपालिका र देवचुली नगरपालिका बीच खेल हुदै

फागुन १३ गैँडाकोट (नबिन सुबेदी)। गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा आज विनयी त्रिवेणी गाउपालिका   र देवचुली नगरपालिका बीच खेल हुदै छ ।

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा मंगलबार  दिउसो २ बजे पछी सेमी फाइनलको दोस्रो खेल  विनयी त्रिवेणी गाउपालिका  र देवचुली नगरपालिका बीच प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।

यस अघि सोमबारको खेलमा गैंडाकोट नगरपालिकालाई हराउदै हुप्सेकोट फाइनलमा प्रवेश गरेको छ  । फाइनल खेल भोली बुधबार हुनेछ ।

ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ  नेपाली काँग्रेस गैंडाकोट नगर समितको आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने  प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाले सहभागी जनाएका छन । प्रतियोगितामा स-प्रायोजक समाजसेबी व्यक्तित्व तिलक गैरेले गर्नु  भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :