फागुन १२ गैँडाकोट(नबिन सुबेदी)। गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा हुप्सेकोट गाउपालिका बिजयी भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा सोमबार भएको सेमी फाइनलको पहिलो खेलमा हुप्सेकोट गाउपालिकाले गैडाकोट नगरपालिकालाइ पराजित गरेको छ । खेलको १२ औ मिनेटमा यम प्रसाद बुढामगरले गोल गर्दै हुप्सेकोट गाउपालिकालाइ अग्रता दिलाएका थिए । खेलको २१ मिनेटमा हिमाल रेश्मिले गोल गर्दा हुप्सेकोट गाउपालिका २ गोलले अगाडी रहेको थियो । हुप्सेकोट गाउपालिकाका बिसम काम्छा मगर ले ५१ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई ३ -0 ले अगाडी पुर्याए ।
गैँडाकोट नगरपालिकालाइ 0 का विरुद्ध ३ गोलले पराजित गर्दै हुप्सेकोट गाउपालिका विजयी भएको हो । खेलमा हुप्सेकोट गाउपालिकाका खेलाडी बिसम काम्छा मगर प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
सेमी फाइनलको दोस्रो खेल मंगलबार देवचुली नगरपालिका र विनयी त्रिवेणी गाउपालिका बीच प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।