spot_img

Saturday, March 22, 2025

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : भारतले पाकिस्तानलाई ६ विकेटले पराजित

फागुन ११ काठमाडौँ ।  आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले लगातार दोस्रो हासिल गरेको छ ।

आइतबार दुबईमा भएको खेलमा विराट कोहलीले शतक बनाएपछि भारतको प्रतिस्पर्धी पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै भारत समूहको शीर्ष स्थानमा छ भने लगातार २ खेल हारे सँगै साविक विजेता पाकिस्तान समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

  • -advertisement-

पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे । ओडिआई करियरको ५१औं शतक विराटले १ सय ११ बलमा पूरा गरे । कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर १ सय १४ रनको साझेदारी गरे । अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे । शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार